रौतहट, असार १७ । लामो समयदेखि रौतहटको विभिन्न स्थान बाट विद्युत् ट्रान्सफर्मर चोरी गर्न सक्रिय रहेको एउटा गिरोहलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ। जिल्लाको विभिन्न खुला एकान्त स्थानमा जडान रहेको विद्युत् ट्रान्सफर्मर्मर अनेक उपकरणको सहयोगले लगातार चोरी गर्ने गिरोहका ४ जना लाई अनुसन्धानको आधारमा इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मिनियाको टोलीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा गरुडा नगरपालिका ६ पोठीयाहिका ४२ वर्षीय अशोक साह, कटहरीया १ भासेढवाका वर्ष ४६ का रामलाल महतो, सोही ठाउँका वर्ष ३६ का वीरेन्द्र राय यादव, वर्ष ३७ का सुखल महतो रहेको इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर अरविन्द कुमार साहले बताएका छन्। उनीहरूको साथबाट प्रहरीले एक थान मोटरसाइकल, एक थान स्कुटी, एक थान आइफोन,र ३ थान अन्य कम्पनीको मोबाइल बरामद गरेको छ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

आरोपीहरूको बयानको आधारमा प्रहरीले गरुडा नगरपालिका ४ का लक्ष्मीप्रसाद चौधरीले आफ्नै घरमा सञ्चालन गरेको कवाडी पसलमा प्रहरीले आइतबार छापा मारेको थियो। पक्राउ परेका चारैजना माथि चोरी सम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत रौतहट बाट म्याद थमाएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मिनियाले जनाएको छ।















