बैतडी ।बैतडीकी एक महिलाले फरक–फरक नामबाट २ नागरिकता लिएको पाइएको छ। उनको पहिलो नागरिकतामा रोडिदेवल गाविस-६ बैतडी ठेगाना उल्लख गरिएकोमा दोश्रो नागरिकतामा भिमदत्त नगरपालिका-५ कञ्चनपुर उल्लेख गरिएको छ।
उनको २ नागरिकता मात्रै नभई २ नाम, २ पती र जन्ममिति समेत २ फरक-फरक उल्लेख भएको पाइएको छ ।
उनको पहिलो नागरिकतामा नाम किस्मती देवी चन्द, ना.प्र.न.७३३०१३/४३४, जारी मिति २०६३-१०-८ बैतडी, जन्ममिति २०४६-५-२५ र पतिको नाम बिरेन्द्र चन्द उल्लेख गरिएको छ ।
शुभकामना

यसैगरी दोश्रो नागरिकतामा नाम कलावती चन्द, जन्ममिति २०३९-११-१०, ना.प्र.न. ७५१००१/१३१२६, जारी मिति २०६७-४-२० कञ्चनपूर र पतिको नाम गम्भीर चन्द तथा ठेगाना भिमदत्त नगरपालिका-५ कञ्चनपुर उल्लेख गरिएको छ ।
दोश्रो बिवाह गरेकी किस्मतीका पति गम्भीर चन्दले जवरजस्ती पुरानै श्रीमतीको विवरण राखेर नागरिकता बनाएका हुन् । गम्भीरले आफ्नो पहिलो श्रीमती कलावतीलाई घर निकाला गरेर नयाँ श्रीमती भित्र्याई उसैको नाम कलावती भन्दै नयाँ नागरिकता बनाएका हुन् ।
गम्भीरले आफ्नो पहिलाकी श्रीमती कलावतीलाई दैनिक कुटपीट गर्ने गरेको र ४छोराहरु आफैसंग राखेर धपाएको स्थानियबासी बताउछन् ।
२ नागरिकताका बिषयमा बैशाख २८ गते कञ्चनपूरमा मुद्धा दर्ता भएपछि उनलाई कञ्चपुर झिकाई प्रहरीले अनुसन्धान गरिरहेको छ ।
गम्भीर चन्दले किस्मती संग तेश्रो बिवाह गरेको एक स्थानियले बताए । उनले भने,‘गम्भीर गाउँकै फटाहा हुन्, उनले साना-साना बालिकाहरुसँग बिवाह गर्दै छोड्दै गर्ने, श्रीमती कुटपीट गर्ने, गाउँका चेलीबेटीहरुलाई गलत नजरले हेर्ने व्यक्ति हुन् । कारवाही श्रीमतीलाई नभएर गम्भीरलाई हुनुपर्छ । उनले ४ जनाको घरबार बिगारेको छ ।’
अहिले दोहोरो नागरिकता लिने चन्दमाथी कारवाही प्रकृया अघि बढेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता लोकराज जोशीले भन्नुभयो, ‘पक्राउका लागि कञ्चनपुरबाट चिठी आएकोमा हामीले सम्बन्धीत चौकीलाई ताकेता गरेको केहि समयपछी कञ्चनपुर प्रहरीमा उपस्थीत भएको भन्ने खबर आयो । कारवाही प्रकृया अघि बढेको छ ।’ उनले दोहोरो नागरिकताको पटक–पटक दुरुपयोग समेत गरेको पाइएको छ। आफु जग्गा बिक्रि गर्ने र श्रीमतीबाट मुद्धा हाल्न लगाउने गरेको आरोप छ।
कञ्चनपुर प्रहरीले दोहोरा नागरिकता लिने महिला र उनका पतीलाई नियन्त्रणमा राखेको जनाएको छ । पतीले आफ्नो नामबाट नागरिकता बनाएकाले उनलाई समेत पक्राउ गरेको प्रहरीको भनाई छ । सोमबार नियन्त्रणमा लिएका उनिहरुमाथी अनुसन्धानका लागि म्याद थप गरि नागरिकता ऐन अनुसार कारवाही प्रकृया अघि बढाइएको प्रहरीले जनाएको छ ।














