महोत्तरी ,असार २२ गते । स्रोत नखुलेको १० लाख ३० हजार रुपैयाँसहित महोत्तरी प्रहरीले एक भारतीय युवकलाई नियन्त्रणमा लिएको छ।
बिहीबार दिउँसो जलेश्वर नगरपालिका वडा नं. ३ स्थित भिठ्ठामोडबाट जलेश्वरतर्फ आउँदै गरेको बिआर ३० ड्ब्लु ५३५२ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्दा रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

पक्राउ पर्नेमा भारत बिहार प्रान्त जिल्ला सितामढी थाना सुरसण्ड ग्राम सिखण्डी भिठ्ठामोड ५ बस्ने २० वर्षीय चन्दनकुमार साफी रहेकोे प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलिपकुमार गिरीले जानकारी दिए ।
बरामद भएको रुपैयाँ तथा मोटरसाइकल सहित साफीलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय बारा पठाउने प्रकृया भइरहेको प्रवक्ता गिरीले जानकारी दिए।















