शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

वीरगंज,पर्सा ।बैदेशिक रोजगार बोर्डको सचिवालय बबरमहल काठमाण्डौ को सहयोगमा तथा क्रियटिभ स्किलस प्रा.लि द्वारा वीरगंज स्थित मधुसाला होटलमा आयोजित वेटर तालिम २०८० साल असाढ ६ गते देखि सुरु भएको २०८० साल श्रावण १ गते सम्पन्न हुने १६६ घण्टे वेटर तालिमको‌ वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमले अनुगमन गरेका हुन्।

अनुगमन को क्रममा क्रियटिभ स्किलस प्रा.लि का अध्यक्ष वीरगंज महानगर का उप प्रमुख आलमलाई खादा र दोसाला ओढाइ स्वागत गरेका थिए।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

अनुगमनको क्रममा वीरगंज महानगर उप प्रमुख आलमले आफ्नो धारणा राख्दै भने यो वेटर तालिम आजको युवाहरुको लागि रोजगारको श्रोत हुने छ । यस्तो तालिम प्राप्त गरिसके पछि कुनै पनि राम्रो होटलहरुमा जागिर पाउन सजिलो हुन्छ । आजको दिनमा तालिम प्राप्त वेटरहरु पाउन धेरै नै गारोह रहेको कुरा बताए।

साथै‌ सरल रुपमा बुझ्दा वेटर त्यस्तो जनशक्ति हो,जसले होटल–रेस्टुरेन्टमा आगन्तुकको अर्डर लिने र परिकार पुर्‍याउने (सर्भे गर्ने) काम गर्छन् । अतिथि सत्कारसँग जोडिएको एक महत्वपूर्ण पेशा हो यो । वेटरको बानी–व्यवहार र प्रस्तुतिले समग्र होटलकै साख अनि मूल्य जोगाउन सक्छ । किनभने होटल-रेस्टुरेन्टमा प्रवेश गर्ने हरेक पाहुनासँग सबैभन्दा पहिले सम्पर्कमा आउने जनशक्ति नै वेटर हुन् वीरगंज महानगरका उप-प्रमुख आलमले बताए।

कहाँ अवसर ?

सामान्यदेखि स्तरीय रेस्टुरेन्ट, ब्याङ्केट हुँदै पाँचतारे होटलसम्म वेटरको खपत हुन्छ । देशदेखि विदेशसम्म वेटरले कामको अवसर पाउन सक्छन् । यसको सोझो अर्थ हो, वेटरको दक्षता भएकाले फुर्सदमा बस्नुपर्दैन ।

के भनिन्छ भने आगामी सन् २०३० सम्ममा नेपालमा शेराटन, होलिडे इन, क्राउन प्लाजा जस्ता तारेस्तरका होटलहरु भित्रिंदैछन् । त्यो पनि दर्जनौंको संख्यामा । नेपालमा अहिले ११ वटा पाँचतारे होटलसहित तारे, बुटिक, रिसोर्ट गरी डेढ सय हाराहारीमा लक्जरियस होटल सञ्चालनमा छन् । यो तथ्यांकले के देखाउँछ भने हस्पिटालिटीमा रोजगारीको अनन्त अवसर छ । त्यसको एउटा अभिन्न अंश हो, वेटर पनि हो आलमले भने।

उक्त तालिम अनुगमन गर्नेमा वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलम,उप-प्रमुखका स्वकीय सचिव शेष हजरा,नेपाली कांग्रेसका नेता धर्मराज यादव,रंजन कुमार साह,मो.सफ अली,संदिप कुमार यादव, पत्रकार राहुल कुमार गुप्ताको सहभागिता रहेको थियो।

२०८० असार २६, मंगलवार १४:५८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय