शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

मकवानपुर,असार ३१ गते । मकवानपुरमा एक सय किलो गाँजासहित एक जना पक्राउ परेका छन्।

आइतबार बिहान साढे २ बजे हेटौंडा उपमहानगरपालिका-४ कर्रास्थित सडकबाट एक सय किलो ६०० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेक कार्कीले बताए।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

प्रहरीले गोरखा पालुङटार नगरपालिका-३ बस्ने ३७ वर्षीय दुर्गा दर्जीलाई पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा अस्थायी पोष्ट थानाभञ्ज्याङबाट प्रहरीको टोली खटिएको थियो। त्यसक्रममा हेटौंडाबाट पथलैया जाँदै गरेको बागमती प्रदेश ०३-००१ च १६८८ नं. को बोलेरो पिकअप गाडी प्रहरीले चेक गरेको थियो।

उक्त गाडी पछाडि बोराभित्र लुकाइएको अवस्थामा गाँजा फेला परेको हो। गाँजा फेला परेपछि प्रहरीले दर्जीलाई पक्राउ गरेको हो।

प्रहरीले यस सम्बन्धी थप अनुसन्धान अघि बढाएको छ।

२०८० असार ३१, आईतवार १०:२५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय