शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

फोकस नेपाल ,श्रावण ०८ गते । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम सरकारमा सहभागी हुने भएको छ।

यसअघि मन्त्रालय भागबन्डामा चित्त नबुझाएको नागरिक उन्मुक्ति पार्टी एक मन्त्री र राज्यमन्त्रीसहित  सरकारमा सहभागी हुन लागेको हो।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

‘भूमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयको टुंगो लागेको छ। त्यस्तै एउटा राज्यमन्त्री दिने सहमति भएको छ,’ पार्टी प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले सेतोपाटीसँग भने, ‘राज्यमन्त्रीको टुंगो पनि आजै लाग्ला।’

नाउपाका नेताहरूले जानकारी दिएअनुसार रामेश्वर चौधरीलाई कृषि तथा सहकारी मन्त्री र सचेतक कैलाश चौधरीलाई राज्यमन्त्री प्रस्ताव गरिएको छ।

यद्यपि यसमा हेरफेरको सम्भावना रहेको पनि ती नेताले जानकारी दिए।

मुख्यमन्त्री स्रोतले जानकारी दिएअनुसार भोलिमात्रै शपथको सम्भावना छ।

‘मुख्यमन्त्री आज काठमाडौंबाट फर्कंदै हुनुहुन्छ। १२ बजेको फ्लाइट छ। भोलि मात्रै शपथको सम्भावना छ। राज्यमन्त्रीमा कुरा टुंगिइसकेको छैन,’ स्रोतले भन्यो।

पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परेर ज्यान गएपछि आन्तरिक मामिला तथा कानून मन्त्रालय खाली रहेको छ।

कांग्रेस मन्त्रालय आफूसँगै राख्ने बताएको छ। यद्यपि उसले मन्त्री सिफारिस गरेको छैन।

आन्तरिक मामिला तथा कानून मन्त्रालयमा पनि छिट्टै मन्त्री सिफारिस गरिने मुख्यमन्त्री स्रोतले जानकारी दियो।

२०८० श्रावण ८, सोमबार ०५:४५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय