शिव मारुती ज्वेलर्स

रौतहट ,श्रावण १५ गते । गौर नगरपालिकामा राणा शैली कायम एक्काइसौं सत्ताबदीमा विद्यृुत पोलमा बाधेर युवकलाई वडाअध्यक्षकै उपस्तिथि निर्धार कुटपिट गरिएको छ ।

वडा नं ३ पोखरीया टोलमा बस्ने २४ बर्षीय युवकसँग अर्को युवकको शुक्रबार सामान्य झडप हुदा हिजो आइतबार पुरै गाउँकै सामुहिक उपस्थित र वडाअध्यक्ष शेख अनसारूल समेत रहेको क्रममा ती युवकलाई अर्को युवकको आफन्तहरूले बिधुत पोलमा डोरीले बाधेर पशु जस्तो निर्मम कुटपिट गरेको पीडितको दाई अलियास अंसारीले बताएका छन् ।

शुभकामना

घरमा कोही सदस्य नभएको बेला आफू काम विशेषले बिरगंज गएको क्रममा भाईलाई जनावर जस्तो विद्यृुत पोलमा दुबै हात, खुट्टा बाधेर राणा शैलीमा लठ्ठी, प्लास्टिकको पाइप, मुक्का लगायतले कुटपिट वडाअध्यक्षक‍ो अगाडि गरिएको उनले बताए ।
यो युवकले केही गल्ती गरेको होला तर यसको लागि देशमा कानुन छ कि छैन यसरी कानुन हातमा लिन कसले अधिकार दिएको छ ।यस्तो कानुनको उलंघन गर्ने माथि के कार्वाही हुन्छ कि नाई नेपाल प्रहरी सँग जनताहरु माग गरेका छन् ।

२०८० श्रावण १५, सोमबार ११:१६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय