शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

फोकस नेपाल । महाेत्तरीकाे मटिहानी नगरपालिका ७ तस्मैयाबाबाकाे परिसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको राष्ट्रिय झण्डा एक सय १० फिट उचाइमा फहराएकाे छ । आज एक समारोहबीच मटिहानी नगरपालिका–७ तस्मैयाबाबा उद्यान परिसरमा जडान गरिएको राष्ट्रिय झण्डा उनले फहराएकाे हाे । यो झण्डा मुलुककै सबैभन्दा उचो भएको दाबी गरिएको छ ।

मुलुककै प्रसिद्ध लक्ष्मीनारायण मठ अगाडि निर्मित तस्मैयाबाबा उद्यान परिसरभित्र यो झण्डा विशेष मञ्चमाथि जडान गरिएको छ । राष्ट्रिय झण्डा फहराउनअघि उपराष्ट्रपति यादवले झण्डा उभ्याइएको खम्बाछेउमै राखिएको शिलालेखको अनावरण गरे ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेश प्रमुख माननीय श्री हरिशंकर मिश्र, मधेश प्रदेशका माननीय मुख्यमन्त्री सरोज यादव, पूर्व प्रदेश प्रमुख श्री रत्नेश लाल कायस्थ, मधेश प्रदेशका वन तथा वातावरण मन्त्री माननीय रमेश प्रसाद कुर्मी, बिना विभागीय मन्त्री माननीय सुरिता साह, श्रम तथा यातायात मन्त्री माननीय श्री चन्दन सिंह, पूर्व मन्त्री श्री हरि नारायण यादव, पूर्व राज्य मन्त्री एवं प्रदेश सभा सदस्य माननीय श्री अभिराम शर्मा, पूर्व मुख्य न्यायधिवक्ता दिपेन्द्र झा, प्रदेश सभा सदस्य माननीय जैनुल राइन, शारदा देवी थापा, विभिन्न नगरपालिकाका नगर प्रमुखहरु, प्रशासनिक तथा सुरक्षा निकायका अधिकारीहरु लगायत सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

२०८० श्रावण १७, बुधबार ०१:१६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय