शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

मनोज यादव,सर्लाही,भाद्र ३० गते । महिला समाजसेवीहरू सम्मिलित संस्था हाम्रो सेवा समाज नेपालले सर्लाहीको सदरमुकाम मलंगवामा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

शनिवार नगर उप-प्रमुख शकुन्तला देवी साहको विशेष सहयोगमा मलंगवा -३ स्थित महेन्द्र होटलको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा मैथिली गायक संतोष कर्ण र अमरनाथ रायले आफ्नो गायनबाट माहोललाई संगीतमय बनाएका थिए भने सहभागी महिलाहरुले पनि आफ्नो नृत्य प्रस्तुत गरेर रमाइलो गरेका थिए।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

संस्थाकि अध्यक्ष मिरा रानीको अध्यक्षता तथा उपमेयर शकुन्तला देवी साहको प्रमुख आतिथ्यता र पुर्व सभापति मेथुर चौधरी ,नेपाली काँग्रेस मलंगवा नगर सभापति चन्द्रकिशोर साहको विशिष्ठ आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र मलंगवाका अध्यक्ष संजय गुप्ता, मधेस प्रदेश मिडिया काउन्सिल सदस्य बन्दना झा,इन्सेक सर्लाहीका जिल्ला प्रतिनिधि बुधन साह,ब्लु डाइमण्ड सोसाइटीका संयोजक नगमा खान लगायत विभिन्न संघसंस्थाका महिला प्रतिनिधिहरु,संचारकर्मीहरु लगायत स्थानीय महिलाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

२०८० भाद्र ३०, शनिबार १६:३४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय