शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

फोकस नेपाल,कार्तिक ०३ गते ।  चर्चित मिथिला चित्रकार अजित साहले सञ्चालन गर्दै आएको जनकपुर आर्ट एण्ड क्राफ्ट जनकपुरधामको आयोजनामा २१ दिवसीय मिथिला चित्रकला, फेसन आर्ट र डिजाइन तालिम सम्पन्न भएको छ । स्वीसकन्टयाक्ट (सेक) नेपालको सहकार्यमा गत असोज १३ गते देखि सुरु भएको तालिम विहिवार सम्पन्न भएको छ ।

सो तालिममा सेक नेपालबाट फेसन, आर्ट एण्ड डिजाइन क्षेत्रका वरिष्ठ प्रशिक्षक फ्रिट्स कलेर्नविक समेतको सहभागिता भएर स्थानिय १५ जना युवती तथा महिलाहरुलाई सम्बन्धित विषयमा प्रशिक्षण दिइएको छ । विहिवार एक समारोहको आयोजना गरि तालिमका सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

वरिष्ठ प्रशिक्षक फ्रिट्स कलेर्नविकले मिथिला चित्रकलालाई समान्य रुपमा नलिई मस्तिष्क, मन र हृदयबाट गम्भिरता पुर्वक लिन सहभागिहरुलाई आग्रह गरे । उनले चित्रकलाको मांग रहेको भन्दै उत्कृष्ट हुन तर्फ अग्रसर हुन आग्रह गरे । संयोजक साहले आफु एक माध्यम मात्र रहेको र यस्ता गतिविधीमा अमेरिकामा रहेका चित्रकार अजित साहकै मुख्य भुमिका रहेको भन्दै धन्यवाद ज्ञापन गरेका छन्  ।

जनकपुर आर्ट एण्ड क्राफ्टका तर्फबाट संयोजक अशोक साहको अगुवाईमा भएको कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, महाविर युवा कमिटिका संस्थापक अध्यक्ष अरुण साह, कांग्रेसका युवा नेता राकेश विक्रम साह, फुटबल खेलाडी तथा खेलजगतका अगुवा सुरेश शर्मा सहितको उपस्थितीमा भएको समापन समारोहमा वक्ताहरुले मिथिला चित्रकला मिथिलावासीको पहिचान मात्र नभई रोजीरोटी र अन्तराष्ट्रिय बजारमा पुग्ने स्रोत समेत बनेको भन्दै सदुपयोगका लागि आग्रह गरेका छन् ।सहभागिहरुले वरिष्ठ प्रशिक्षक फ्रिट्स कलेर्नविकलाई धन्यवाद दिदै संगै बसेर सिकाएकोमा आभार व्यक्त गरेका छन् ।

२०८० कार्तिक ३, शुक्रबार ०२:४५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय