शिव मारुती ज्वेलर्स

धादिङ, कार्तिक १२ गते ।कास्कीको पोखरा महानगरपालिकामा भएको नगरबस दुर्घटनामा ११ जना घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार ३० जना सवार बस पोखराबाट पुम्दीभुम्दीतर्फ जाँदै गरेको अवस्थामा ग १ ख ८५८५ नम्बरको बस आइतबार मध्याह्न दुर्घटनामा परेको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले बताउनुभयो ।

शुभकामना

घाइते ११ जनामध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरूको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

बस घुम्तीमा अचानक ब्याक हुँदा दुर्घटनामा परेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

२०८० कार्तिक १२, आईतवार ०९:०९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय