शिव मारुती ज्वेलर्स

जनकपुरधाम । जनकपुरस्थित रहेको प्रिया जल कम्पनीको पानीको जारमा पेट्रोल भेटिएको छ । एक विद्यार्थीले नियमित मगाउँदै गरेको प्रिया जल कम्पनीको पानीको जारमा पेट्रोल भेटिएको हो ।

सिल प्याक पानीको जारमा पेट्रोलको गन्ध समेत भेटिएको छ । सुरुमा जारबाट एक ग्लास पानी निकालेर खाएपछि पेट्रोलको गन्ध आएको थियो । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ देवीचोकस्थित फ्याक्ट्री रहेको प्रिया जल कम्पनीको पानी खाँदा एक जना विरामी परेका हुन् ।

शुभकामना

विरामी पर्नेमा धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नं. १ इनरबा बस्ने ईन्द्रजीत गोईत रहेका छन् । आईतबार बिहान पानीको जार मगाएर पानी खाएपछि उनको अचानक पेट दुख्न थालेको थियो । पेटदुखेपछि पानीमा हेर्न जार अन्त्यै फोहरी र पानीको माथि पेट्रोल तैरिरहेको अवस्थामा देखेपछि उनले भिडियो तस्विर तानेर राखे ।

स्वास्थ्य अवस्था बिग्रेपछि उनले कम्पनीलाई फोन गर्दा कम्पनीले कुनै वास्ता नगरेपछि उनी जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन दर्ता गराएका छन् । उनले सोमबार नै उजुरी दर्ता गराएको बताएका छन् ।

यता, प्रिया जलका सँचालकले जारमा अदलाबदली भएको हुन सक्ने प्रतिक्रिया दिएका छन् । पानीको जारमा पेट्रोल कहाँ बाट आयो भनेर अनभिज्ञता प्रकट गर्दै उनले विद्यार्थीसँग कुरा भईरहेको बताए ।

२०८० कार्तिक १४, मंगलवार ०४:४८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय