बृहत् रक्तदान कार्यक्रम

फोकस नेपाल ,सिरहा । कमला नदीको किनारमा प्रत्येक वर्ष कात्तिक पूर्णिमामा अनौठो तथा भूतमेला लाग्ने गर्छ । धनुषासहित सिरहा, सप्तरी, महोत्तरी, उदयपुर र सीमावर्ती ‘भारतको मधुवनी, दरभङ्गा, समस्तीपुर, जयनगरलगायतका स्थानबाट ठूलो संख्यामा

सर्वसाधारण कमला नदीमा स्रान गर्न आउने गर्दछन् ।’पापकी छय, धर्मकी जय, हई भगतकाली राधो बन्नी..’ यस्तै आआफना इष्ट देवताकोको नाम फलाक्दै धामीझाँक्री मिर्दङ (मादल), झ्याली, ढोल पिपही जस्ता बाजाको तालमा कमला नदीमा शपथ ग्रहण गर्न पुग्ने प्रचलन छ ।

सामान्य आयुर्वेद चिकित्सा/AHA (कविराज) मा भर्ना खुल्यो ।

शुभकामना

शुभकामना

कतिपयले कात्तिक पूर्णिमाको पूर्वसन्ध्यामा आइतबार कमला नदी तट पुगेर राति बास बसेका र बिहानै उठेर कमला नदीमा ज्ञान गर्ने श्रद्धालु बताउँछन् । कमला नदीमा स्रान गरिए कमलेश्वरी देवीले तान्तिक विद्याको बर दिने तथा योग पाको हुने जनविश्वासका कारण वर्षेनी कमलामा स्रान गर्नेको संख्या बढ्दै गएका छन् ।
भूतमेलामा स्रान गरेपछि घर आउने बेलामा ‘भक्तजनले कमला नदी र गङ्गासागरको शुद्ध पानी आआफ्नो घर लैजान्छन् । मूलधामीले मन्त्र सिद्धी गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुन्छ ।

तन्त्रशास्त्रका अनुसार तन्त्रसिद्धीका लागि यस दिन पूर्णाहुती दिने चलन छ । मिथिलाञ्चलमा सदियौंदेखि तन्त्र विधामा सर्वसाधारणको विश्वास छ ।

पहेलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामीझाँक्री हातमा बलेको आगोसहितको माटोको ढकना (भाँडा) र बेतको लाठी घुमाउँदै चर्को स्वरमा चिच्याइरहन्छन् । उनीहरु आफूमा आएको देउतालाई सिद्ध गर्न गंगास्नान गर्न आएका बताउँछन् । विशेषगरी ग्रामीण मधेशमा अझै पनि टुनामुनामा विश्वास गर्ने महिला पुरुषको संख्या ठूलो छ । ‘कुलदेवता’ खेल्दा भूतजस्तो गर्ने गरेकाले पूर्णिमा मेलालाई ‘भूतमेला’ भन्ने गरिन्छ ।

२०८० मंसिर ११, सोमबार ०५:३३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय