शिव मारुती ज्वेलर्स

सिरहा, कार्तिक १० गते । सिरहामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ ।

बुधबार राति छठ पर्वको लागि कल्याणपुर बजारतर्फ केरा बिक्रीका लागि लैजाँदै गर्दा सिरहाको पर्चिलवामा नम्बर मेटिएको ट्रयाक्टर पल्टिँदा ट्रयाक्टर चालक कल्याणपुर नगरपालिका ४ बस्ने छेदुवा गोइत र केरा धनी कल्याणपुर ११ बस्ने दुखिया साहको मृत्यु भएको प्रहरीले जनाएका छन् ।

शुभकामना

ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा च्यापिएर दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, सिरहाको मिर्चैया नगरपालिका–५ मा बुधबार साँझ दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा मिर्चैया नगरपालिका–६ का १९ वर्षीय जितेन्द्र साहको मृत्यु भएको छ ।

२०७९ कार्तिक १०, बिहीबार ०७:१४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय