शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

मानिकचन साह ,बारा, भाद्र १७ गते । बाराको फेटा गाउँपालिकाको वडा नम्बर ३ फेटामा आधुनिक किसिमको कृषि तथा पशुपन्छी केन्द्रको भवन उदघाटन तथा हस्तान्तरण कार्यक्रम ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना अन्तर्गतका आर्थिक करिडोर कार्यालय बर्दीबास, महोत्तरी कार्यालय प्रमुख वरिष्ठठ कृषि विकास अधिकृत रबिन्द्र कुमार महथाको अध्यक्षता तथा फेटा गाउँपालिकाको गाउँपालिका अध्यक्ष रुस्तम अंसारीको प्रमुख आथित्यमा सम्पन्न भएको छ ।

सो भवन ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना अन्तर्गतका आर्थिक करिडोर कार्यालय बर्दीबास, महोत्तरीबाट दुई करोड ७७ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो।
कृषि, पशुपन्छी तथा सहकारी शाखामा कार्यरत कर्मचारी संजय कुशवाहाको विशेष पहलमा निर्माण भएको उक्त भवन आइतबार एक विशेष कार्यक्रमका बीच गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाका आयोजना निर्देशक डा. चन्द्र प्रसाद रिसालले गाउँपालिका अध्यक्ष रुस्तम अंसारीलाई सो भवन हस्तान्तरण गरेका थिए। अब सो केन्द्र संचालनको सम्पूर्ण जिम्मेवारी गाउँपालिकालाई दिइनेछ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

गाउँपालिकामा कृषि तथा पशुपन्छी केन्द्रको भवन निर्माणले क्षेत्रका कृषकहरुलाई लाभान्वित गर्ने विश्वास गाउँपालिका अध्यक्ष अंसारीले व्यक्त गरेका छन्। अंसारीले भने, “यो केन्द्रको भवनले कृषि प्रधान हाम्रो गाउँपालिका सहित जिल्लाका कृषकहरुलाई ठूलो फाइदा पुग्नेछ।”

उक्त कार्यक्रममा आयोजना निर्देशक डा. चन्द्र प्रसाद रिजाल, फेटा गाउँपालिकाकी उपाध्यक्ष निलाम, प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर कुमार सिंह, वडा नं. १ का वडा अध्यक्ष बिगन दास, वडा नं. २ का वडा अध्यक्ष नरेश प्रसाद पटेल, वडा नं. ३ का कार्यवाहक वडा अध्यक्ष अनवर अलि, कार्यपालिका सदस्य, पालिकाको विभिन्न शाखाको शाखा प्रमुख तथा अन्य कर्मचारीहरु, आयोजनाका कर्मचारी लगायत विभिन्न समुह सहकारीका अध्यक्ष तथा प्रतिनिधिहरु सहभागिता रहेको थियो ।

२०८१ भाद्र १७, सोमबार १६:०७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय