शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

महोत्तरी । सशस्त्र प्रहरी बल नेपालले महोत्तरीको साम्सी गाउँपालिका– ४ भेटपुरबाट प्रतिबन्धित लागुऔषध कोडाइनको ३६० बोतल बरामद गरेको छ।

सशस्त्रको बोर्डर आउट पोस्ट (बिओपी), साम्सीबाट गस्तीमा खटिएको टोलीले मंगलबार बिहान ६ः३० बजे भारतबाट नेपालतर्फ आइरहेका सवारीसाधनहरू चेकजाँच गर्ने क्रममा कोडाइन बरामद गरेको हो।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

सशस्त्रको टोलीलाई देखेर बिआर ०६ बिए ५०४३ नम्बरको भारतीय नम्बरको मोटरसाइकलमा सवार व्यक्ति मोटरसाइकल छाडी भारततर्फ भागेपछि मोटरसाइकलमा रहेको जुटको बोरा चेकजाँच गर्दा वनरेक्स (Onerex) लेखिएको ३६० बोतल कोडाइन फेला परेको हो। मोटरसाइकलचालकले  एक थान मोबाइल पनि छोडी भागेका सशस्त्रले जनाएको छ।

बरामद भएको लागुऔषध, सवारीसाधन र मोबाइल थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाइने बिओपी साम्सीका कमान्डर सशस्त्र प्रहरी निरीक्षक कृष्णबहादुर गुरुङले जानकारी दिए।

नेपालमा २०४७ मंसिर ३ गतेदेखि कोडाइन र त्यसको सम्मिश्रण भएका औषधिहरूको उत्पादन, बिक्री वितरण, भण्डार, ओसारपसार र आयात निर्यातमा प्रतिबन्ध लगाइएको छ।

२०८१ भाद्र १८, मंगलवार ०९:४७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय