राहुल गुप्ता । बलान बिहुल गाउँपालिकामा सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत रोशन गुप्ता लाई बुधबार गाँउपालिकाका जनप्रतितनिधी र कर्मचारीहरुले कार्यालयमा स्वागत गरेका छन् ।
बुधबारदेखि कार्यालयमा हाजिर भई कार्यभार सम्हालेका प्रमुख प्रशासकीय अधिकृत गुप्तालाई गाँउपालिका अध्यक्ष
खेम चन्द यादव,निमित प्रमुख प्रशासकीय अधिकृत मुसहरु साह साथै वडाध्यक्ष तथा विभिन्न शाखाका कर्मचारीले टिका र माला लगाएर स्वागत गरेका हुन् ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

नयाँ प्रमुख प्रशासकीय अधिकृत गुप्ता लााई स्वागत गर्दै गाँउपालिका अध्यक्ष यादवले प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका रोशन गुप्ताले गाउपलिकाको काम अझ प्रभावकारी भूमीका निर्वाह गर्ने अपेक्षा लिएको बताए । उनले पालिकाको जनताको हितलाई प्राथमिकतामा राखेर गुप्ताले दैनिक प्रशासनीक कार्य सञ्चालन गर्न सुझावपनि दिए ।
स्वागत ग्रहण गर्दै प्रमुख प्रशासकीय अधिकृत गुप्ताले गाँउपालिका अध्यक्ष,उपाध्यक्षसहितका जनप्रतिनिधीको मार्ग निर्देशन र सहयोग लिदैं आँफु निष्ठापूर्वक अगाढि बढ्ने बताए । पालिकाको विकासनिर्माण र जनताको हितलाई सर्वोपरी ठानेर विगतमापनि आँफुले काम गरेको स्मरण गराएादै उनले अबको यो कार्यकालमापनि आफनो भूमीका त्यसैअनुरुप हुने बताए ।नियमकानुनले निदृष्ट गरेको परिधिभित्र रहेर काम गर्दा कर्मचारीलाई कहिल्यैपनि समस्या नपर्ने भन्दै उनले जनप्रतिनिधी वा नागरिकलाई दुख दिने नियत आँफुले कहिल्यै नराख्ने बताए ।















