शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

झापा,असोज ०७ गते । बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाई पक्राउ परेपछि आन्दोलित बनेका उनका समर्थकहरूले दुई वटा भारतीय ट्रकमा आगजनी गरेका छन्।

राति ११ बजेतिर बजे कनकाई- ८ स्थित पूर्व-पश्चिम राजमार्गको बिरिङ खोलाको पुलमा बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको भारतीय मालबाहक ट्रकमा प्रसाईका समर्थकहरूले आगजनी गरेका हुन्।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

प्लाइ बनाउन प्रयोग हुने कच्चा पदार्थ बोकेको ट्रकमा ६ वटा मोटरसाइकलमा आएका १०/१२ जनाले ट्रकमा आगजनी गरी फरार भएका थिए।

बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा इलाका प्रहरी कार्यालय बिर्तामोड र सुरुङ्गाबाट खटिएको संयुक्त प्रहरी टोलीले राति १२ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा लिएको थियो। ट्रकमा भएको आगजनीबाट अगाडिको भागमा क्षति पुगेको छ।

प्रसाईका समर्थकहरुले बिहान २.४५ बजे बिर्तामोड ६ गिरीबन्धु टी इस्टेटस्थित पूर्वपश्चिम राजमार्गमा अर्को भारतीय ट्रकमा आगजनी गरेका छन्।

सुनसरीको दुहबीबाट काँकडभिट्टातर्फ जाँदै गरेको खाली ट्रकलाई ५-६ जनाको समूहले आगजनी गरेका हुन्। ट्रकमा लागेको आगो बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो।

प्रसाईं पक्राउ परेको विरोधमा उनका समर्थकहरूले आज झापामा चक्काजाम आह्वान गरेका छन्।

आइतबार प्रहरीले झापामा दुईजना समर्थकलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेहरूमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका झापा जिल्ला संयोजक रामचन्द्र मैनाली र नागरिक प्रतिरक्षा बल (पीडीएफ) का मेची अञ्चल संयोजक दुरेन राई रहेका छन्।

२०८१ आश्विन ७, सोमबार ०२:०४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय