शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

सर्लाही ,असोज १० गते । सर्लाहीमा एक युवकले गोली हानेर पत्नीको हत्या गरेका छन्। छोराले प्रहार गरेको गोली लागेर युवकका बुवा पनि घाइते भएका प्रहरीले जनाएको छ।

गएराति पौने २ बजे सर्लाही जिल्लाको हरिपूर्वा नगरपालिका- ५ का २७ वर्षीय धीरेन्द्र यादवले आफ्नी २३ वर्षीया पत्नी चित्रलेखा यादवको गोली हानेर हत्या गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

‘टाउको र आँखामा दुई गोली लागेकी चित्रलेखाको घटनास्थलमै मृत्यु भएको अवस्थामा शव फेला परेको छ,’ जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठले भने, ‘हातको कुइँनामा गोली लागेर धिरेन्द्रका बुवा ५४ वर्षीय रामदिनेश यादव घाइते छन्। उनको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ।’

धीरेन्द्र एक महिनाअघि मात्रै वैदेशिक रोजगारी (कुवेत) बाट फर्किएका थिए। उनले पत्नीलाई हत्या गर्नुको कारण भने खुलेको छैन।

‘घरायसी विवादमा हत्या भएको हाम्रो प्रारम्भिक अनुसन्धानले देखाएको छ,’ डीएसपी श्रेष्ठले भने, ‘हत्यापछि उनी फरार छन्। हामी खोजी गरिरहेका छौँ।’

प्रहरीका अनुसार कुवेतबाट फर्किएदेखि नै धीरेन्द्रले पत्नीसँग झगडा गरेका थिए। त्यसपछि घरमा २-३ दिन बसेर उनी भारततिर गएका थिए। त्यसयता घर नफर्किएका उनी गएराति मोटरसाइकलमा एकजनालाई साथमा लिएर घर आएका थिए।

२०८१ आश्विन १०, बिहीबार ०३:३५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय