शिव मारुती ज्वेलर्स

रौतहट ,पुस १५ गते । रौतहटको राजदेवी नगरपालिकामा आगलागी हुदाँ लाखौँको क्षति भएको छ ।
जिल्लाको राजदेवी नगरपालिका–५ मा गएराति सात घरमा आगलागी हुदाँ लाखौँ मूल्य बराबरको क्षति भएको हो ।

गएराति सवा २ बजेको समयमा पताहीका जगतनाथ पासवानको खरले बारेको घरनजिकै बालेको घुरबाट सल्किएर आगलागी भएको थियो । आगलागीबाट बाबुलाल हजरा, रामनाथ पासवान, राम सोगारथ पासवान, दीपेन्द्र पासवान, विजय पासवान, कान्ति देवी पासवान, प्रदीप पासवानलगायत ७ जनाको घर पूर्ण रूपमा जलेर नष्ट भएको रौतहट प्रहरीले जनाएको छ ।

शुभकामना

आगलागीबाट ८ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक कुमार रायले बताए । आगलागी भएको खबर पाउना साथ बीओपी बेलबिछवाबाट सशस्त्र प्रहरीका सई मदन कुमार शाहको कमान्डमा १० जना, प्रहरी चौकी बसन्तपुरबाट असई रामलगन दासको कमान्डमा ५ जना, गौर नगरपालिकाको दमकल र स्थानीयवासीहरुको सहयोगमा बिहान साढे ३ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको थियो ।

२०८१ पुष १५, सोमबार ०४:०३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय