शिव मारुती ज्वेलर्स

महोत्तरी । रतौली युवा क्लब तथा सेभ द चिल्ड्रेनको सहयोग र जलेश्वर नगरपालिकाको समन्वयमा शीतलहरबाट प्रभावित बालबालिका तथा परिवारका लागी कम्बल वितरण गरेको छ।

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडा नं. १, २, ३, ४, ५, ६, ७, ९, ११ र १२ मा रतौली युवा क्लब र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित समुन्नति कार्यक्रम र जलेश्वर नगरपालिकाको समन्वयमा राहत सामग्री वितरण गरिएको छ ।
शीतलहरबाट प्रभावित महरा, सदा, मल्लिक (डोम) र मेस्तर समुदायका ६४२ परिवारहरुलाई कम्बल वितरण गरेका छन् ।
४ जना सदस्य भएका परिवारलाई १ थान कम्बल ,४ भन्दा बढी सदस्य भएका परिवारलाई २ थान कम्बल,५ देखि १२ वर्ष उमेर समूहका सामुदायिक विद्यालय जाने २ जना सम्म ,बालबालिकालाई प्रति परिवार १ थान र २ जना भन्दा बढी बालबालिका भएका परिवारलाई २ थान झोला, थर्मस, टिफिन बक्स, टुथब्रस, टुथपेस्ट र स्टेशनरी सामग्री वितरण गरेका छन् ।

शुभकामना

जलेश्वर नगरपालिकामा  कुल १०७८ थान कम्बल वितरण भएको कार्यक्रम संयोजक पुजनारायण साह ले जानकारी गराए  ।

बालबालिकाका लागि २६८ थान शैक्षिक सामग्री समेत वितरण भएका बताए । चिसो मौसममा जीउज्यान जोगाउन र बालबालिकाको पठनपाठनलाई प्रोत्साहन गर्न योगदान पुर्‍याउने  रतौली युवा क्लब अगाडि रहने कार्यकारी निर्देशक बैधनाथ चौधरीले बताए ।

२०८१ पुष २१, आईतवार ०५:१३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय