फोकस नेपाल ,पुस २५ गते । मधेश प्रदेशमा एनसेल फाउण्डेशनको CSR पहल अनुरोध नेपालद्वारा कार्यान्वयन गरिएको र ग्लोकल प्रा.लि.सँगको सहकार्यमा तीनदिने स्किल क्याम्प सफलतापूर्वक सम्पन्न भयो।
पहिलो दिन: आधारभूत ज्ञान र व्यक्तिगत विकास
कार्यक्रमको पहिलो दिन प्रभावकारी सञ्चार कला, प्रभावशाली CV तयार गर्ने तरिका, र विचारलाई सफल व्यवसायमा रूपान्तरण गर्ने रणनीतिमा केन्द्रित रह्यो। सहभागीहरूले आत्मविकास र व्यक्तिगत सफलताका लागि महत्वपूर्ण उपकरणहरू सिकेका थिए। यस दिनको सेसनले सीप विकासको यात्रालाई उत्कृष्ट शुरुआत गरेको सहभागीहरूले बताएका छन्।
शुभकामना

दोस्रो दिन: व्यावसायिक सीप र नेतृत्व विकास
दोस्रो दिन व्यावसायिक सीप र नेतृत्व क्षमताको विकासमा केन्द्रित रह्यो। यस दिन सहभागीहरूले रोजगारी क्षमता अभिवृद्धि गर्ने उपाय, करियरको बाटो पहिल्याउने ज्ञान, र व्यवसाय विकास योजना तयार गर्न महत्वपूर्ण जानकारी प्राप्त गरेका थिए। सहभागीहरूले यसलाई करियर र नेतृत्व उत्कृष्टताको लागि बलियो आधार रहेको बताए।
तेस्रो दिन: नेतृत्व, वित्तीय साक्षरता, र अन्तर्वार्ता सीप
कार्यक्रमको अन्तिम दिन नेतृत्व विकास, वित्तीय साक्षरता, र अन्तर्वार्तामा सफल हुनका लागि आवश्यक सीपहरूको प्रशिक्षण प्रदान गरियो। सहभागीहरूले वित्तीय व्यवस्थापनको समझ, रोजगारी क्षमता बढाउने तरिका, र आत्मविश्वासका साथ अन्तर्वार्ता सामना गर्ने कला सिके।
कार्यक्रममा सहभागीहरूले यसलाई व्यक्तिगत र व्यावसायिक जीवनको लागि महत्वपूर्ण अवसर भएको बताएका छन्। यस कार्यक्रमको आयोजना गर्ने अनुरोध नेपाल, ग्लोकल प्रा.लि., र एनसेल फाउण्डेशनप्रति सहभागीहरूले गहिरो आभार प्रकट गरेका छन्।
यस कार्यक्रमले सहभागीहरूको भविष्यलाई उज्यालो बनाउने विश्वास गरिएको छ।














