शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

गणेश कुमार सिंह,गौशाला । महाेत्तरीकाे गाैशालामा वीरता स्पोर्ट्स क्लब गौशालाको आयोजनामा भईरहेको स्व.राम लखन चौधरी स्मृति कप प्रदेश स्तरीय फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

गौशालामा आयोजित १३औं स्व. रामलखन चौधरी स्मृतिकप प्रदेश स्तरीय फुटबल प्रतियोगिता २०८१ को वीरता स्पोर्ट्स क्लब गौशालाको आयोजनामा भईरहेको प्रदेश स्तरीय फुटबल प्रतियोगिताको आज फाइनल अर्थात निर्णायक खेल टुटेश्वर युवा क्लब (टिम) तथा ढलकेवर टिम बिच भएको खेलमा टुटेश्वर युवा क्लब टिमले उपाधी हात पारेका छन ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

खेल तोकिएको निर्धारित समयमा दुबै टिम गोल रहित हुदा अन्त्यमा पेनाल्टी सम्म पुगेको थियो जसमा (टि वाइ सि) को तर्फ बाट ५ गोल पोस्ट्मा गए भने ढलकेवर टिम बाट ४ गोल भएको थियो ।

प्रतियोगितामा गौशाला नगरपालिकाका प्रमुख डा दिपेन्द्र महतो, वडाध्यक्षहरु, विभिन्न संघ संस्थाका कर्मचारीहरु, तथा अन्य जन प्रतिनिधिहरु, सुरक्षा निकाय अन्तरगतका सशस्त्र प्रहरी बलका निरीक्षक, नेपाल प्रहरीका प्रहरी निरीक्षक विभिन्न मिडियाका पत्रकारहरु तथा हजारौको संख्यामा दर्शकहरुको उपस्थिति रहेको थियो ।

विशिष्ट अतिथिमा गाैैशाला नगरपालिकाका वडा नं. ४ का अध्यक्ष राम नारायण महासेटले कार्यक्रमलाई सम्बाेधन गर्दै यस वर्षको खेलमा वडाबाट थाेरै सहयोग भएपनि अगामी वर्षबाट यस टुनामेन्ट विशेष सहयोग हुने प्रतिबद्धता गर्नुभयो ।

स्वर्गीय राम लखन चौधरी गाविस अध्यक्ष भएकै बेला जनयुद्ध कालमा उनको गोलि हानि हत्या भएको थियो  र उनकै सम्झनामा प्रत्येक वर्ष यो खेल खेलाउँदै आइरहेका छन ।  उनि एक इमान्दार र जनप्रेमी नेता रहेकोले आज पनि जनसमुदायहरु उनलाई सम्झिदै यो खेल प्रत्येक वर्ष सफलता पुर्वक गरिरहेको विर्ता स्पोर्ट्स क्लबका सचिव इन्दल राउतले जानकारी दिएका छन ।

प्रतियोगितामा प्रथम पुरस्कार कप, प्रमाण पत्र, मेडल सहित नगद ७० हजार, दोस्रोलाई कप प्रमाण पत्र मेडल र नगद ३५ हजार र म्यान अफ द टुर्नामेन्टलाई नगद २ हजार, त्यसै गरि बढि गोल गर्ने खेलाडीलाई नगद १५ सय प्रदान गरिने विरता स्पोर्टस क्लव गौशालाका सचिव इन्दल कुमार राउतले बताए ।

 

२०८१ पुष २८, आईतवार ०२:२५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय