शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

धनुषा । धनुषाको प्रसिद्ध धार्मिकस्थल धनुषाधाममा आज बिहानैदेखि एकमहिने मकर मेला सुरु भएको छ। मेलाको व्यवस्थापन धनुषाधाम नगरपालिकाले गर्दै आएको छ ।

धनुषाधामको ऐतिहासिक महत्वका कारण यो मेला हरेक वर्ष लाखौं श्रद्धालुको आस्था केन्द्रबिन्दु बन्ने गर्दछ। देशका विभिन्न भागहरूबाट मात्र होइन, छिमेकी देश भारतबाट पनि धेरै श्रद्धालुहरु यस मेलामा सहभागी हुने गर्छन् ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

धनुषाधामको प्रसिद्धि रामायणकालीन कथासँग जोडिएको छ। किंवदन्ती अनुसार, सीता स्वयंवरका क्रममा श्रीरामले धनुष उठाउँदा त्यसको एक टुक्रा आकाश, अर्को पाताल, र बीचको भाग वर्तमान धनुषाधाममा झरेको मानिन्छ। यस पौराणिक कथा र धार्मिक महत्त्वले गर्दा धनुषाधाम मकर मेलाको मुख्य आकर्षणस्थल बनेको छ।

मकर मेलाको सुरुवातसँगै धनुषाधाममा धार्मिक अनुष्ठान, पूजापाठ, तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिने तयारी गरिएको छ। मेलामा सहभागी भएका श्रद्धालुहरूले आफ्नो धर्मप्रति आस्था प्रकट गर्दै पूजा-अर्चना गर्ने गरेका छन् ।

धनुषाधाम नगरपालिकाले मेलाको व्यवस्थापनमा विशेष ध्यान दिँदै, श्रद्धालुहरूलाई आवश्यक सुविधा र सुरक्षा उपलब्ध गराउन प्रयासरत रहेको जनाएको छ ।

२०८१ माघ १, मंगलवार १२:५१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय