शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

विष्णु गुप्ता , माघ ०५ गते ,महोत्तरी । महोत्तरी सदरमुकाम जलेश्वरमा मधेश प्रदेश स्तरीय मेयर कप फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ।

मधेश प्रदेश फुटबॉल संघको आयोजनामा भएको मेयर कप मधेश प्रदेश लिग फुटबॉल प्रतियोगिताको आजको उद्घाटन खेल कछडिया युवा समाज क्लब, रौतहट र युनिक फुटबल क्लब, सर्लाहीबीच भएको थियो।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

उक्त खेलमा दुवै टोलीले एक-एक गोल गर्दै खेल बराबरीमा टुंगिएको छ। उद्घाटन सत्रको पहिलो हॉफको ५ औ मिनटमा सर्लाहीले गोल गरेका थिए भने दोस्रो हाफको ४२ औ मिनटमा रौतहटले गोल गरेको थियो । मधेश प्रदेश स्तरिय मेयर कप प्रतियोगिताको उद्घाटन जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनारले गरेका थिए। जलेश्वर रंगशालामा आयोजित प्रतियोगितामा मधेश प्रदेशका आठवटै जिल्लाका टोलीको सहभागिता रहने आयोजकले जनाएका छन ।

मधेश प्रदेशको महोत्तरी,धनुषा,सर्लाही,रौतहट,बारा,पर्सा,सिरहा र सप्तरीका खेलाडीहरु उक्त लिग फुटबॉल प्रतियोगितामा सहभागी हुने छन । प्रतियोगितामा सहभागिता हुने आठ वटै जिल्लाका टोलीलाई दुई समुहमा छुट्याईएको छ । समुह (क)मा रौतहट,सर्लाही,बारा,पर्सा र समुह(ख)मा महोत्तरी,धनुषा,सिरहा,सप्तरी रहेका छन । माघ ५ गते उद्घाटन भएको उक्त प्रतियोगिताको फाईनल खेल माघ १३ गते जलेश्वर रंगशालामा हुनेछ ।

२०८१ माघ ५, शनिबार १३:२९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय