महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकामा नगर स्तरिय सातौ राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता सुरु भएको छ । मटिहानी नगरपालिका शिक्षा तथा खेलकुद शाखाको आयोजनामा हुने राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता आज मंगलबार एक कार्यक्रम बिच महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी तथा मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले संयुक्त रुपमा उद्घाटन गरे ।
मटिहानी नगरपालिका वडा नं ०६ स्तिथ मटिहानी रंगशालामा हुने सातौ राष्ट्रपति रनिंग शिल्ड प्रतियोगितामा नगरपालिका अन्तर्गतका ५ माध्यमिक विद्यालय सहभागी रहेका छन । उक्त दुईदिने प्रतियोगितामा भलीबल, कबडी, फरकफरक दुरीका दौड, हाइजम्प, लङ्गजम्प र बुद्धिचाल गरि २३ किसिमको खेल सामेल गरिएको शिक्षा तथा खेलकुद शाखाका प्रमुख चन्देश्वर साहले जानकारी दिए ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

त्यस्तै प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि लालबाबु कवारीले शिक्षा आर्जनलाई प्राथमिकतामा राखे सँगै मानसिक विकासका लागि खेल उतिकै आवश्यक रहेको बताउदै खेलकुदले धेरै मानिसलाई आगाडी पुरयाएको छ र खेलाडिको पहिचान स्थापित गराउन पनि सहयोग हुनेभएकोले मटिहानी नगरपालिकाले खेल प्रति देखाएको तदरूपताका लागि प्रमुख जिल्ला अधिकारी कवारीले नगरपालिकाको प्रशंसा गरे ।
सो अवसरमा नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष महेश कुमार दासले मटिहानीका खेलाडी प्रदेश र राष्ट्रिय स्तरमा खेलका सबै विद्यामा उत्कृष्ट खेलको प्रदर्शन गर्न सक्ने खेलाडी बनाउन र नगरपालिका लाई त्यस्ता खेल प्रतियोगिताको आयोजना गर्न सुझाए सँगै यस प्रतियोगिताको सफलताका लागि शुभकामना व्यक्त गरे ।
मटिहानी नगरपालिका नगरप्रमुख हरिप्रसाद मण्डलले शिक्षा र खेलकुदको सुदृढ़ विकास प्रति नगरपालिका कटिबद्ध रहेको बताए ।

मटिहानीका नगर प्रमुख हरि प्रसाद मण्डलको सभापतित्वमा सम्पन्न कार्यक्रममा महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी, वड़ा नं.७ का वड़ा अध्यक्ष जितनारायन माझी, पत्रकार महासंघ महोत्तरीका अध्यक्ष महेश दास,लो.स.पा. नेपालका नगर अध्यक्ष श्याम कुमार मंडल, स्वास्थ्य शाखा प्रमुख पवन कुमार मंडल, रा.स.मा.वि. मटिहानीका प्र.अ. ईश्वरी पौडेल,लगायतका वक्ताहरुले आफ्नो मन्तव्य राखेका थिए ।

त्यसै क्रममा बोल्दै मटिहानी स्थित श्री राम मा.वि.को कक्षा ११ मा अध्ययनरत छात्रा हिना खातुनले पालिकाले प्रत्येक वर्ष आयोजना गर्दै आई रहेको यो राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिताले हामीहरुको शारिरिक तन्दुरुस्ती र आत्मबल बढाउनुका साथै हामी सबै विद्यार्थीहरुको विचमा आपसी
मेलमिलाप समेत बढ्ने भएकोले खुशी व्यक्त गरिण
उक्त समुद्घाटन कार्यक्रममा मटिहानी नगरपालिकाका वडाध्यक्ष, कर्मचारी, विद्यालयका प्रधानध्यापक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
















