शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,माघ १५ गते । नेकपा माओवादी केन्द्र सर्लाहीले सोमबार साँझ जिल्लाका सात विभिन्न स्थानमा राँके जुलुस प्रदर्शन गरेको छ । बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा, उपप्रमुख लीलाकुमारी मोक्तानलगायतलाई झुटो वन मुद्दामा फसाउने षड्यन्त्र गरिएको आरोप लगाउँदै माओवादी केन्द्र आन्दोलित भएको हो ।

शुक्रबार मधेश सरकारलाई ज्ञापनपत्र बुझाएको माओवादी केन्द्रले आन्दोलनको घोषणा गरेको छ । आन्दोलनको कार्यक्रम सोमबार साँझ लालबन्दी, हरिवन, बागमती, सदरमुकाम मलंगवा, बरहथवा, गोडैता र हरिपुरमा राँके जुलुस निकालिएको थियो ।

शुभकामना

Sponsored

यसअघि, आइतबार लालबन्दीस्थित वन कार्यालयमा धर्ना दिइएको थियो। बागमती नगरपालिकाका प्रमुख र उपप्रमुखलगायतविरुद्ध वन मुद्दा दायर गर्न लागिएको विरोधमा माओवादीले चरणबद्ध आन्दोलन थालेको हो । आज मंगलबार बागमतीस्थित पुतलीचोकमा दुई घण्टा चक्काजाम गर्ने कार्यक्रम रहेको छ । भोलि माघ १६ गतेदेखि अनिश्चितकालीन चक्काजाम गर्ने कार्यक्रम घोषणा गरिएको छ।

यसैबीच, संघीय तथा प्रदेश सरकारको वन मन्त्रालयले बागमतीमा निर्माणाधीन बागमती माछा पोखरी (भरत ताल) र आसपासका क्षेत्रमा रहेको बस्ती सागरनाथ वन विकास परियोजनाको वन क्षेत्रभित्र पर्छ÷नपर्छ भनी अनुसन्धान गर्न डिभिजन वन कार्यालयलाई निर्देशन दिएको छ। मन्त्रालयको निर्देशनअनुसार अनुसन्धान अधिकारी नियुक्त गरी पोखरी निर्माण क्षेत्र र वरपरका संरचनाहरूले वन क्षेत्र मिचेको छ÷छैन भन्नेबारे अध्ययन भइरहेको छ।

२०८१ माघ १५, मंगलवार ११:३५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय