फोकस नेपाल ,माघ २१ गते । जनकपुरधाम उपमहानगरपालिका–९ पिडारीचोकस्थित फेकु कबारमा एक व्यवसायीमाथि सामूहिक आक्रमण भएको छ। बरहथवा नगरपालिका–८ का ३७ वर्षीय कबार व्यवसायी मुकेश प्रसाद यादवमाथि सामुहिकरुपमा फलाम प्रहार गरी निर्मम कुटपिट गम्भीर घाइते बनाएको छ ।
गम्भीर घाइते यादवको जनकपुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौंस्थित बीएनबी अस्पताल लगिएको छ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

धनुषा प्रहरीका प्रवक्ता डिएसपी वरुणबहादुर सिंहका अनुसार शनिबार दिउँसो यादवमाथि फेकु कबारका साहु जनकपुरधाम उपमहानगरपालिका–१३ पिडारीका ४८ वर्षीय फेकु साह, उनका तीन छोरा १९ वर्षीय अमित साह, २४ वर्षीय तुल्सी साह, १९ वर्षीय सुभाष साह तथा भारत बिहार, सितामढी विष्णुपुर–३ का १७ वर्षीय विकास कुमार साहले सामूहिक आक्रमण गरेका थिए।
यादवमाथिको कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। पाँच मिनेटसम्म फलामले प्रहार गर्दै उनलाई लगातार कुटपिट गरिरहेको भिडियोमा देखिन्छ।
घटनापछि फेकु साहसहित पाँच जनालाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार कबारसम्बन्धी एक टेन्डर फेकु साह र मुकेश यादवले संयुक्त रूपमा लिएका थिए। सोही विषयमा छलफल गर्न मुकेश सर्लाही बरहथवा नगरपालिका–१३ का वडाध्यक्ष जागिर दर्जीसँगै आएका थिए। छलफलकै क्रममा सामान्य विवाद हुँदा फेकु साह र उनका छोराहरूले मुकेशलाई गालीगलौज गर्दै कुटपिट गरेका थिए।















