शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

फोकस नेपाल ,महोत्तरी ।  महोत्तरी जिल्ला पालिका स्तरिय प्रधानमन्त्रि कप पुरुष छनौट क्रिकेट प्रतियोगिता २०८१ सोमबारदेखि शुरु हुने भएको छ ।जिल्ला क्रिकेट संघ महोत्तरीले आईतबार नेपाल पत्रकार महासंघ महोत्तरी शाखामा पत्रकार सम्मेलनको आयोजना गरि सोमबारदेखि महोत्तरी जिल्ला पालिका स्तरिय प्रधानमन्त्रि कप पुरुष छनौट क्रिकेट प्रतियोगिता २०८१ आयोेजना हुन गई रहेको जानकारी दिएका छन ।

जिल्ला क्रिकेट संघ महोत्तरी अध्यक्ष रौशन सिंहले सो क्रिकेट प्रतियोगितामा जिल्लाका ७ पालिका र थप एक टिम सहित ८ वटा टिम सहभागिता जनाउने जानकारी दिनु भएको छ ।महोत्तरी गाउँपालिका स्थित रंगशालामा हुन गई रहेको सो प्रतियागितामा महोत्तरी गाउँपालिका, भंगहा नगरपालिका, मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, बलवा नगरपालिका, लोहारपटि नगरपालिका र महोत्तरी जिल्ला ११ टिमका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

सो क्रिकेट खेल ओडीआई फर्मेटमा हुने जिल्ला क्रिकेट संघ महोत्तरीका अध्यक्ष सिंहले बताउनु भएको छ ।स्थानिय पालिकाहरुबाट सहयोग रकम संकल्न आयोजना हुन गई रहेको गरि सो खेलमा १५ लाख बरावर खर्च हुने अनुमान आयोजनाको रहेको छ ।पत्रकार सम्मेलनमा महोत्तरीको १५ पालिका मध्ये कतिपय पालिकाहरु खेलमा लगानी गर्न उदासिन देखिएकै कारण १५ वटै पालिकाको खेलाडीहरु खेलमा सहभागि गराउन नसकेकोमा क्रिकेट संघ महोत्तरी अध्यक्ष सिंहले दुःख व्यक्त गर्नु भयाे ।

भौतिक विकासको नाउमा लाखौं खर्च गर्न पछि नपर्ने पालिकाहरु खेलको नाउँमा खर्च गर्न नाथरीका वहाना वनाउने गर्दछ । क्रिकेट संघ महोत्तरी सिंहले भन्नु भयो ‘ खेल क्षेत्रमा लगानी नगर्न चाहेकै कारण महोत्तरीका अधिकांस पालिकामा खेल मैदान रहेको छैन । सडक पुल पुलेसा बनाउनु मात्र विकास होईन , खेल क्षेत्रलेपनि ठाउँ चिनाउन मद्दत गर्दछ । त्यहि भएर खेल क्षेत्रमा लगानी गरेर आ आफना पालिकालाई चिनाउनेमा उद्दार हुन आवश्यक छ ।

’पत्रकार सम्मेलनमा प्रतियोगितामा पहिलो र द्वितिय हुने टिमले पाउने शिल्डको अनावरण समेत गरिएको छ ।क्रिकेट संघ महोत्तरीका अध्यक्ष रौशन सिंह र नेपाल पत्रकार महासंघ महोत्तरी शाखा अध्यक्ष महेशकुमार दासले संयुक्त रुपमा शिल्ड अनावरण गर्नु भएको थियो ।

२०८१ माघ २७, आईतवार १३:२१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय