शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

महोत्तरी, फागुन ६ गते । प्रतिनिधि सभा सांसद डा. अमरेश कुमार सिंहले आज जलेश्वरनाथ महादेव मन्दिरमा दर्शन गर्नुभएको छ। धार्मिक तथा सांस्कृतिक स्थलहरूको प्रवर्द्धनलाई जोड दिँदै उहाँले मन्दिर परिसरको अवस्थाबारे जानकारी लिनुभयो।

दर्शनपश्चात् सांसद सिंहले जलेश्वर नगरपालिका क्षेत्रमा शिक्षा, स्वास्थ्य, तथा कृषि क्षेत्रको समग्र विकासका विषयमा सरोकारवालासँग छलफल गर्नुभएको छ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

छलफलका क्रममा विद्यालयहरूमा भौतिक पूर्वाधार सुधार, स्वास्थ्य सेवाको पहुँच विस्तार, तथा स्थानीय कृषकहरूको हितमा नीतिगत सुधारका आवश्यकतामाथि विशेष ध्यान दिनुपर्ने विषय उठान गरिएको थियो।

     

सांसद सिंहले जलेश्वर क्षेत्रको समग्र विकासका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाउँदै सम्बन्धित निकायहरूसँग समन्वय गरेर आवश्यक सुधारका कार्यक्रमहरू अघि बढाइने बताउनुभएको छ।

२०८१ फाल्गुन ६, मंगलवार ०७:२७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय