सर्लाही । सर्लाहीको गोडैतामा एक पुरुषको शव फेला परेको छ।
नगरपालिका-९ रोहुवास्थित गहुँ खेतमा शुक्रबार दिउँसो रौतहट गढीमाई नगरपालिका-२ हथिऔल घर भएका ४५ वर्षीय शुद्धिलाल साहको शव फेला परेको हो।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

उनी ससुुरालीमा बसेर सागसब्जी बेच्दै आएका थिए। खेतमा रहेको बिजुलीको ट्रान्सफर्मरमुनि साहलाई मृत अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए ।
घटनास्थलको प्रकृति हेर्दा साहको करेन्ट लागेर मृत्यु भएको जस्तो देखिएको स्थानीयले बताएका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले दिएको जानकारीअनुसार उनको हातमा ट्रान्सफर्मरमा जोडिएको अर्थिङको तार थियो। नजिकै एक थान पिलाससमेत फेला परेको थियो।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ।















