शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

जनकपुरधाम । नेपाल पत्रकार महासंघ धनुषाका सदस्य एवम् सँचारकर्मी घनश्याम मिश्रले महासंघबाट राजिनामा दिएका छन् ।

मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्री सरोज यादवले धनुषाका पत्रकारहरुलाई लक्षित गर्दै बार्गेनिँग गरेको अभिव्यक्ति दिएपछि पत्रकार मिश्रले राजिनामा दिएका हुन् । उनले आफ्नो फेसबुकमा स्टेटस लेख्दै महासंघको सदस्यबाट राजिनामा दिएका हुन् ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

मन्त्री यादवले पत्रकारहरुको बारेमा अभिव्यक्ति दिएपछि नेपाल पत्रकार महासंघ धनुषा शाखाले चुईक्क नबोलेपछि महासंघकै केही पदाधिकारीले बार्गेनिँग गरेको ठहर गर्दै साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएको उल्लेख गरेका छन् ।

नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष पुरन गुप्ताले अझै जवाफ नमागेपछि उनको नैतिकतामाथि प्रश्न तेर्सिएको छ । पत्रकारहरुको बारेमा मन्त्रीको अभिव्यक्ति गम्भिर प्रकृतिको भएपनि अध्यक्ष गुप्ताले जवाफ नमाग्नु उनकै संलग्नता पुष्टि हुन्छ । अभिव्यक्ति दिएको घण्टौ वितिसक्दा पनि मन्त्रीसँग अधिकारिक जवाफ माग्न नसक्नु अध्यक्ष गुप्ताले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने माग उठेको छ ।

मन्त्री यादवको अभिव्यक्तिले जनकपुरका पत्रकारहरुको छवीमाथि दाग लगाएको छ ।

२०८१ फाल्गुन २१, बुधबार ०५:५४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय