फोक्स नेपाल ,बारा, कार्तिक १६ गते । बारामा दुईवटा ट्रक र एउटा बस एक आपसमा टक्राउँदा ६ जना घाइते भएका छन् ।
जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–२२ मा गएराति भएको सवारी दुर्घटनामा ६ जना घाइते भएको प्रहरीले जनाएका छन् ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

ना५ ख ६४ १५ नम्बरको बस, ना ६ ख ४५३७ र ना ४ ख २२१ नम्बरका ट्रक राति साढे १ बजे आपसमा ठोक्किएका थिए ।
घाइतेहरूको उपचार हेटौंडा अस्पतालमा भइरहेको छ । बसमा सवार महोत्तरीको बर्दिबास नगरपालिका ६ कालापानीकी ४५ वर्षीया अनिता क्षेत्री र ४० वर्षीय तिलक बलमपाकीको अवस्था गम्भीर रहेको छ ।















