फोकस नेपाल ,चैत्र २० गते । महोत्तरीमा तीन वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।
जलेश्वर नगरपालिकाका करिब १७–१८ वर्षीय किशोरलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

बालिकाको अभिभावकको जाहेरीपछि प्रहरीले आरोपीलाई घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी नकुल पोखरेलले जानकारी दिए।
आइतबार अपराह्न आरोपीले घरबाहिर खेलिरहेकी बालिकालाई घरको भान्साकोठामा लगेर जबर्जस्ती करणी गरेका बताइएको छ। पीडक पक्षले घटना मिलाउन दबाब दिए पनि पीडित बालिकाका बाबुले अस्वीकार गरेपछि आरोपीलाई उसका अभिभावकले भगाएका थिए।
घटना ज्यादै संवेदनशील रहेकाे र यसबारे सोमबार मात्र जानकारी आएको बताउँदै एसपी पोखरेलले सोमबार साँझ नै आरोपीलाई लुकाइछिपाई राखेको अवस्थामा घरबाटै प्रकाउ गरेको जानकारी दिए। घटना मिलाउन पीडक पक्षबाट दबाब आएको जानकारी पाएको बताउँदै उनले पीडित बालिका र उनका अभिभावकको सम्पूर्ण सुरक्षालाई गम्भीरताका साथ लिएको उल्लेख गरे।
सोमबार नै प्रहरीमा जाने तयारी भैरहँदा बालिकालाई असह्य पीडा भएपछि प्रादेशिक अस्पताल लगेर उपचार गराइएको थियो। प्रहरीमा जाहेरीपछि स्वास्थ्य परीक्षणकाे प्रक्रिया अगाडि बढेको छ।















