शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

गणेश कुमर सिंह,महोत्तरी । मधेश प्रदेशकै सबै भन्दा ठुलो घण्टी महोत्तरीको गौशाला लक्ष्मीपुर यूवा संजालको आयोजनामा गौशाला-८ भन्टावारी स्थित सोनी खोलाको नजिक अवस्थित रहेको श्री दानी त्रिलोक नाथ मन्दिरमा राम नवमी को अवसरमा ५१९ केजीको विशाल घण्टीको स्थापना गरिएको छ।

सो घण्टी स्थापनामा चन्दा दिएर सहयोग गर्नुहुने, समय दिएर सहयोग गर्नुहुने र कुनै नकुनै रुपमा घण्टी स्थापनाका लागि सहयोग गर्नुहुने सबैमा लक्ष्मीपुर यूवा संजालले हृदयबाट नै हार्दिक धन्यवाद दिएको छ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

यस मन्दिर क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गरौँ। भ्रष्ट, अन्याय, माफियाको विरुद्ध, विकासका निम्ति र सत्य, समाज, राष्ट्र, न्यायको पक्षमा यहाँका यूवाहरुमा एकता कायम रहिरहोस भनि त्रिलोक नाथ महादेवसंग प्रार्थना समेत गरेका छन् ।

घण्टी स्थापनाको लागि लक्ष्मीपुर यूवा संजाल दिनरात मेहनत गरेर स्थापना गर्न सफल भएका प्रमुख सल्लाहकार लक्ष्मण कुशवाहा ( कुशवाहा युनिस राज) ले बताए ।

अब गौशाला बनाउन यूवाहरु एकजुट होऔ। यहाँका जनप्रतिनिधिहरु भ्रष्टको कुबाटोमा हिडेका छन् तिनीहरूलाई महादेवले चेतना दिउन! हाम्रो गौशाला प्राणभन्दा प्यारो! अन्ततः यो घन्टी स्थापन गर्न अतुलनीय योगदान पुर्याएका लक्ष्मीपुर यूवा संजाल परिवारप्रति विषेश हार्दिक आभार प्रकट गर्दछु। महादेवले हामी सबैको रक्षा गरुन्। हरहर महादेव ।सामाजिक अभियन्ता नागेन्द्र सत्य ले बताए ।

२०८१ चैत्र २४, सोमबार ०२:१२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय