जलेश्वर सरार्फ, बारा । रौतहटको गौर यातायात व्यवस्था कार्यालयमा अनियमितता मचाएका अविन्दर दास अहिले बाराको यातायात कार्यालयमा असुली धन्दा चलाइरहेका छन्। गौर यातायात कार्यालयमा रहँदा उनले आफ्ना नातेदारलाई बिचौलियाको भूमिकामा राखी गैरकानुनी रूपमा रकम असुल्दै आएको खुलासा भएको थियो।
समाचार स्रोतका अनुसार, दासले चितवन, नारायणघाट, मकवानपुरलगायतका स्थानका सर्वसाधारणसँग जनही १० हजार रुपैयाँ लिई मोटरसाइकल तथा स्कुटरको लाइसेन्स दिने गरेका थिए । भने १५ हजारमा जिप,कार,डेलिवरी भ्यानको लाईसेन्स विक्री वितरण गर्ने गरेका तथ्य उजागर भएको थियो।
शुभकामना

सेटिङमार्फत लाइसेन्स वितरण भइरहेको खबर बाहिरिएपछि प्रदेश यातायात मन्त्रालयले उनलाई मन्त्रालयमा तानेको थियो। उनी मन्त्रालय तानिए पश्चात् पुनः सेट्टिङ्ग मिलाएर अहिले बारा जिल्ला यातायात कार्यालयमा आएर पुनः घुसको धुम मचाएका छन्।
दास मन्त्रालयमा मोटो रकम बुझाएपछि दासलाई पुनः बाराको यातायात कार्यालयमा पठाइए पछि। अहिले पनि उनले मुख्यमन्त्री कार्यालय र यातायात मन्त्रालयका उच्च अधिकारीलाई घूस बुझाएर आफ्ना अवैध धन्दा सञ्चालन गरिरहेका छन्।
बारा यातायात कार्यालयका अर्का घुसखोर सत्यनारायण साह र अविन्दर दासको जोडी मिलेर अहिले बारा जिल्लाको यातायात कार्यालय नै भ्रष्टाचार र घुसले डुङ्ग-डुङ्ग गन्हाउनेगरी आफ्नो मनोमानी ढंगले रकम असुल गरी लाईसेन्स विक्री वितरण गरीरहेको एक श्रोतले जनाएको छ। ट्रायल र लिखितमा सरदर २०% मात्र पास हुने आकलन गरिएको भएपनी अहिले दैनिक ६० देखि ७५% मान्छेहरुलाई सेट्टिङ्गमा पास गराउने काम दास तथा सत्यनारायण साहको मिलेमतोमा पास गराउने गरिएको छ।
समाचार स्रोतका अनुसार, दास र साहले ट्रायल तथा लिखित परीक्षा पास गर्न नसकेका व्यक्तिहरूलाई आफ्नो एकजना नातेदारको माध्यमबाट मोटो रकम लिई गैरकानुनी रूपमा लाइसेन्स वितरण गरिरहेका छन्। दास र सत्यनारायण साहले कसैको डर नमानी सेटिङमा लाइसेन्स वितरण गर्ने कार्यलाई निरन्तरता दिएका छन्। यस्ता निडर तथा भयमुक्त भएर लाईसेन्स जस्ता संवेदनशिल कार्यमा अनियमितता र भ्रष्टाचार तथा घुस लिइरहेको कर्मचारीहरुको माथीसम्म नै राम्रो पहुँच रहेको आशन्का गरिएको छ।
सवारी चालक अनुमति पत्रकालागि अनलाईन फर्म लाइसेन्स प्राप्त गर्ने बर्तमान समयमा समेत उनले पर्सा जिल्लाबाट चालक अनुमति पत्रमा पास भएका ब्यक्तिलाई पुन : रौतहटबाट समेत पास गराएको प्रमाण हामीलाई प्राप्त भएको छ । यसले पनि प्रमाणित गर्छ कि उनि लेनदेनको कालो धन्दामा कति खप्पिस छन् भनेर, यस विषयमा सम्बन्धित निकायले तत्काल छानबिन गरी कारबाही नगरेको खण्डमा यातायात कार्यालयमा व्याप्त अनियमितता थप बढ्ने देखिन्छ।














