शिव मारुती ज्वेलर्स

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. ११ बुद्धनगरमा आज बिहान एक युवती माथि गोली प्रहार भएको छ । पाल्पाको रैनादेवी छहरा घर भई बुटवल ११ बुद्धनगरमा बस्दै आएकी टिका विष्ट क्षेत्री माथि गोली प्रहार भएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार उहाँको कम्मर माथि ढाडमा गोली लागेको छ भने उहाँलाई उपचारका लागि तत्कालै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लागि पठाइएको छ ।

शुभकामना

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले गोली प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको र घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो ।

२०८२ बैशाख ६, शनिबार ०५:३२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय