शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,१२ गते । सिरहाको गोलबजारस्थित तस्करीका सामान भण्डारण गरिएको एक गोदाममा बिहीबार साँझ प्रहरी, भन्सार र आन्तरिक राजस्वले छापा हान्यो । गोलबजारको माँ धमिनी डेरी उद्योगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, भन्सार कार्यालय र आन्तरिक राजस्व कार्यालयले संयुक्त रुपमा हानेको छापाका क्रममा गोदाममा भारतबाट ल्याइएका पाउडर दूध र चिनीलगायतका एक लाख बराबरको सामान भेटिए ।

गोदाममा छापा हान्ने क्रममा गोलबजार व्यापार संघका अध्यक्ष विजय साहलगायत एक समूहले हुलदंगा गर्न पनि खोज्यो । त्यहाँ विवादको पनि सम्भावना देखिएको र राति अबेर भएको भन्दै टोली गोदामलाई सिल गर्दै फर्कियो । उनीहरु शुक्रबार पनि गोदाममा पुगे । तर, बिहीबार राति गोदाम सिल गरेको टोलीले शुक्रबार उन्मुक्ति दिएको छ ।

शुभकामना

भन्सार कार्यालय, माडरका प्रमुख तोयानाथ सापकोटाले गोदाममा भेटिएका सामानहरु वैध पाइएको दाबी गरे । शुक्रबार पुगेको टोलीलाई गोदाम मालिकले सबै सामानहरुको करसहितको रसिद र प्रज्ञापनपत्र देखाएको उनको दाबी छ । जबकि, बिहीबार राति ती सामानको वैधता पुष्टि हुने कागजात देखाउन सकेका थिएनन् ।

‘राति हाम्रो टोली फर्कियो, आज हेर्दा सबैको प्रज्ञापनपत्र अनि करसहितको रसिद देखाएछ,’ उनले कान्तिपुरसित भने, ‘सबै सामान भेटिएपछि के गरौं, सूचना नै गलत परेछ, पहाड खनेर चुहा निकाल्ने काम भयो ।’ यद्यपि, उनीहरुले देखाएका कागजात जाँच गर्ने काम आन्तरिक राजस्वको भएको र आज त्यस कार्यालयका प्रतिनिधिहरु व्यस्तताको कारण देखाएर नआएको उनको भनाइ छ ।

प्रहरीलाई तस्करको गोदामबारे सूचना दिने स्रोतले यसलाई सबै निकायको मिलेमतोमै तस्कर गिरोहलाई रातारात उन्मुक्ति दिने काम भएको भनेको छ । आफूले सूचना दिएको झन्डै दुई घण्टापछि टोली गोदाममा आएको र त्यो अवधिमा तस्करले सामान अन्यत्र सार्ने काम गरेको उनको आरोप छ । ‘मैले सूचना दिएको झन्डै दुई घण्टापछि टोली आएको थियो, त्यो अवधिमा धेरै सामान अन्यत्र सारियो,’ उनले भने, ‘अनि जे जति सामान बरामद पनि भयो, यदि थियो भने राति नै उनीहरुले कागजात देखाउँथे नि, तर रातारात फर्जी कागजात बनाएर उन्मुक्ति दिने काम भएको छ ।’

यो तस्कर गिरोहले संगठित रुपमै सम्बद्ध निकायको मिलेमतोमा पाउडर दूध, चिनीलगायतका खाद्यवस्तु भारतबाट तस्करी गरी ल्याएर यो गोदाममा भण्डार गर्ने र रातिको समयमा दूधको ट्यांकरमा काठमाडौंसहितका सहरमा लाने गरेको स्रोतको भनाइ छ ।

२०८२ बैशाख १२, शुक्रबार १७:२४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय