जलेश्वर सरार्फ ,बैशाख १५ बारा कलैया । बारा स्थित यातायात व्यवस्था कार्यालयमा अख्तियारको आडमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) को खुलेआम विक्री–वितरण भइरहेको तथ्य फेला परेको छ। स्रोतका अनुसार, लिखित तथा प्रयोगात्मक (ट्रायल) दुवै परीक्षा अनिवार्य रुपमा उत्तीर्ण गरेपछि मात्र लाइसेन्स प्रदान गरिने कानुनी व्यवस्था रहेको हुँदा समेत कार्यालयकै कर्मचारी सत्यनारायण साह र अरविन्दर दाशको नेतृत्व तहका व्यक्तिहरूको मिलेमतोमा रकमको लेनदेनका आधारमा लाइसेन्स वितरण भइरहेको छ।
कार्यालय प्रमुख अरविन्दर दास र पहिला सरसफाई हाल खरदार पदमा कार्यरत कर्मचारी सत्यनारायण साह तथा ट्राफिक प्रहरीको प्रत्यक्ष मिलेमतोमा यो अवैध कारोबार सञ्चालन भइरहेको पाइएको छ। यो विषयमा पटकपटक हाम्रो न्युज पोर्टल फोकस नेपाल ले समाचार प्राथमिकता का साथ लेखेपनी हालसम्म ती भ्रष्टाचारी र घुसखोर कर्मचारीहरुलाई कार्यवाहीको दायरामा नल्याउदा यसमा अख्तियारको पनि मिलेमतो रहेको आशन्का बढन थालेको छ।
शुभकामना

विशेषगरी अरविन्दर दास र सत्यनारायण साह लगायत दर्जनौं बिचौलिया परिचालन गरी लिखित र ट्रायल परीक्षामा फेल भएका व्यक्तिहरूसँग रकम उठाउने व्यवस्था मिलाएका छन्। रकम असुल भएपछि फेल भएका परीक्षार्थीलाई पनि पास गराएर चालक अनुमति पत्र वितरण गरिँदै आएको खुलेको छ।
पैसा नदिएकाहरू लिखित वा ट्रायल परीक्षामा असफल सूचीमा परे पनि, पछि रकम बुझाएपछि सहजै लाइसेन्स लिएको थुप्रै घटनाले कार्यालयमा व्याप्त आर्थिक अनियमितताको पुष्टि गरेको छ। विवादित कार्यालय प्रमुख अविन्दर दास तथा सत्यनारायण साह संग यो विषयमा बुझ्न फोन सम्पर्क गर्दा फोन न उठाई उठेपनी फोन काटिदिने जस्ता कार्यहरू गर्दै आई रहेका छन्।
यातायात व्यवस्था कार्यालय बारामा अविन्दर दास तथा सत्यनारायण साहको आगमन पश्चात् धुसखोरी तथा भ्रष्टाचार व्यापक रूपमा मौलाएको छ। अख्तियार तथा प्रदेश सरकारका यातायात मन्त्रीलाई समेत आर्थिक प्रभावमा पारेर निजहरुले अनियमितताको पराकाष्ठा नाघेका छन्।
होईन भने प्रमाण सहितको समाचार प्रकाशित हुँदा समेत उनिहरुलाई अख्तियारले छुन समेत नसक्नु के संकेत गरेको छ त्यो सहजै अनुमान लगाउन सकिने छ। यस्ता कर्मचारीहरुले गर्दा देशका विभिन्न सरकारी निकायहरू भ्रष्टाचारको अखडामा परिणत भएको छ।
यातायात व्यवस्था कार्यालय बारा अहिले सत्यनारायण साह र अविन्दर दास जस्ता भ्रष्टाचारी कर्मचारीको चंगुलमा नराम्रो ढंगले फसेको छ।
यी दुई माफिया साह र दासले कहिलेसम्म यातायात व्यवस्था कार्यालय बारालाई अख्तियार तथा यातायात मन्त्रीलाई आफ्नो प्रभावमा पारी अधिनमा राख्ने हुन त्यो चाहिँ अब भगवान भरोसे रहेको छ।














