शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

पवन प्रसाद साह/वीरगंज । तीनकुनेमा भएको राजावादी आन्दोलनलाई जोडेर प्रहरीले पक्राउ गरेका शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत (बाबा) लाई फेरि चारदिनको म्याद थप गर्दै समय लाई झारा टार्ने कार्य गरेकोले शिवसेना नेपाल पर्सा जिल्ला कार्य समितिले जेष्ठ ५ गते सोमबार जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख प्रमुख जिल्ला अधिकारी गणेश अर्याल लाई ज्ञापन पत्र बुझाएका छन्।

२०८१ चैत १५ गते आम नागरिकहरुद्वारा आयोजना गरिएको शान्तिपूर्ण जुलुस एकाएक उम्र भिडन्तमा परिणत भै सर्वसाधरणको धनजनको क्षति भएको प्रति शिवसेना नेपाल गहिरो दुःख एवं सहिद प्रति ज्ञापन पत्रमार्फत हार्दिक श्रद्धान्जली व्यक्त गरेका छन्।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

जुलुस उग्र र अनियन्त्रित आन्दोलनमा परि घाइते हुनुको पछाडी धेरै रहस्यहरु सामाजिक सञ्जालमा देखिएकाको कुरा उल्लेख गरेका छन् । राज्य,सत्ता र तिनका नेतृत्वलाई खबरदारी गर्ने निर्दोष शासन प्रणालीका लागि जायज माग लिई आन्दोलन गर्नु नागरिकको दायित्व हो । सत्ताको उद्धमाद उन्मक्त नेतृत्वलाई झस्काउन र नमाने पाखा लगाई सचेत नागरिकले पहरेदारी गर्नै पर्दछ भन्ने यसै सविधानले खुलेरै बोलेको छ। तर सत्य र तथ्यहिन विनाआधार सर्वसाधारण नागरिकलाई पक्रेर थुनामा राख्नु सविधानको उपहास भएको हामीले महसुस गरेका छौ भन्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

२०८२ वैशाख २८ गते एकाएक शिवसेना नेपालका केन्द्रिय अध्यक्ष अनिल बस्नेत लाई धरपकड गरी हिरासतमा राख्ने कार्य गरिएको छ । वैदिक सनातन हिन्दू धर्मको दर्शनलाई आफ्नो सैद्धान्तिक विचार ठान्ने धार्मिक व्यक्ति माथि झुटा मुद्धा र लालछना लगाउन समग्र हिन्दू धर्ममाथिको प्रतिसोध गरेको शिवसेना नेपालले ठानेको छ। स्वधर्म संस्कार, संस्कृति र आत्म सम्मानका लागि हर प्रकारको संघर्ष गर्न तयार रहेको शिवसेना नेपालले धार्मिक व्यक्ति माथि गरिएको अत्याचारको घोर विरोध गर्दछ। अतः शिवसेना नेपालका केन्द्रिय अध्यक्ष अनिल बस्नेत तथा यस शान्तिपूर्ण आन्दोलनमा भाग लिइएका सम्पूर्ण आस्थाका बन्धिहरुलाई पनि विना सर्त हिरासतबाट मुक्त गरियोस भन्ने मांग समेत ज्ञापन पत्रमा उल्लेख गरेका छन्। अन्यथा शिवसेना नेपालको अनुरोधलाई बेवास्ता गरियो भने, पछि हुन गएको कुनै पनि आन्दोलनको जिम्मा स्वयं नेपाल सरकारले लिनुपर्दछ भन्दै यो ज्ञापन पत्र मार्फत चेतावनी दिदै  जिल्ला प्रशासन कार्यालय पर्साका प्रजिअ अर्याल लाई ज्ञापनपत्र बुझाएका छन्।

ज्ञापन पत्र बुझाउन शिवसेना नेपाल पर्साका अध्यक्ष उमाशंकर प्रसाद कलवारको नेतृत्वमा जनक लाल साह,पृथ्वी प्रसाद झा,रंजीत कुमार चौधरी,राजेश कुमार चौहान,संतोष साह कानु,हरेराम प्रसाद रौनियार,बिरेन्द्र साह तेली,सुरेश साह कानु ,राजेन्द्र प्रसाद पाल, बिक्रमा सिंह,पवन साह,आदित्य राज चौहान,जयलाल राम लगायतको सहभागिता रहेको थियो।

२०८२ जेष्ठ ६, सोमबार १२:२८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय