शिव मारुती ज्वेलर्स

फोकस नेपाल । भारतबाट कारमा ठूलो परिमाणमा लागूऔषध लिएर फर्किदै गरेका दुई युवायुवती झापाको भद्रपुरमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा काठमाण्डौ महानगरपालिका वडा नं.२६ बस्ने २४ वर्षीय निवेश कुँवर र लमजुङ कोलासोतार गाउँपालिका वडा नं. ७ बस्ने २२ वर्षीया नोजिना रानामगर रहेका छन् ।

शुभकामना

आज दिउँसो १ः३० बजे गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक विजय चौहान र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट प्रहरी नायव निरीक्षक कुमार सोमेस लामिछानेको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले भद्रपुर ५स्थित भन्सार चोकमा भारतबाट नेपालतर्फ आइरहेको बा. प्रदेश ०१–०३० च ७७९३ नं. को नेटा कम्पनीको ब्लु रंगको कारलाई रोकी चेकजाँच गरेको थियो ।

त्यसक्रममा चालक कुँवरले कालो प्लाष्टिकमा प्याक गरि आफू बस्ने सिटमा राखेर त्यसमाथि बसेर लुकाईछिपाई ल्याइरहेको अवस्थामा लागूऔषध ब्राउनसुगर फेला परेको थियो । #UpdateNews FocuseNepal

२०८२ असार ९, सोमबार १५:००

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय