शिव मारुती ज्वेलर्स

सिराहा, अर्नमा ।
सिराहा जिल्लाको अर्नमा गाउँपालिका–१ स्थित बुदियाचापमा एक युवक मृत अवस्थामा फेला परेका छन्। स्थानीय रामसेवक महराका छोरा अजय महरा आज बिहान आफ्नै घर नजिकैको खेतमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ।

घटना रहस्यमय देखिएकोले प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ। प्रारम्भिक जानकारीअनुसार, अजय महरा रातीदेखि घरबाट बेपत्ता भएको र बिहान खेतमा शव फेला परेको बताइएको छ।

शुभकामना

प्रहरीको टोली घटनास्थलमा पुगेर मुचुल्का उठाउने कार्य सहित अनुसन्धान प्रारम्भ गरिसकेको छ। घटनाको प्रकृति हेर्दा हत्या वा आत्महत्या दुबै आशंका गरिएको छ भने पोस्टमार्टम रिपोर्टपछि वास्तविक कारण खुल्ने अपेक्षा गरिएको छ।

स्थानीयवासीहरु घटनाले स्तब्ध छन् र निष्पक्ष छानबिनको माग गरिरहेका छन्।

२०८२ असार १४, शनिबार ०२:२१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय