शिव मारुती ज्वेलर्स

फोक्स नेपाल ,संवाददाता । निर्वाचनको मिति नजिकिदै गर्दा पर्सा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसप्रति जनलहर बढ्दै गएको छ ।

पर्सा क्षेत्र नम्बर २ मा कांग्रेसका प्रतिनिधीसभा सदस्य उम्मेदवार अजय चौरसिया र २ (क)का प्रदेशसभा सदस्य उम्मेदवार श्याम पटेलका लोकप्रियताका कारण अन्य दलका नेता कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गर्ने लहर नै चलेको छ । शुक्रबार बहुदरमाइ नगरपालिका वडा नम्बर ४ डोकैला बहुअरमिमा जसपाका प्रभावशाली नेताहरुको नेतृत्वमा करिब ३ सय जना कांग्रेसमा प्रवेश गरेका छन् । चौरसिया र पटेलको घरदैलो कार्यक्रमका क्रममा गत स्थानीय तह निर्वाचनमा जसपाबाट वडा सदस्यमा चुनाव लडेका भरत साह र जसपाकै नेता लक्ष्मण साहको नेतृत्वमा ३ सय जना कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई चौरसिया र पटेलले अबीर टिका लगाएर पार्टीमा स्वागत गरेका थिए ।

शुभकामना

जसपाले सिटको लोभमा मधेश विरोधी एमालेसंग गठबन्धन गरेकाले अब जसपा पनि मधेश विरोधी कित्तामै उभिएका कारण आफूहरुले जसपा छाडेर कांग्रेसमा प्रवेश गरेको नवप्रवेशी साहद्वयले बताए । त्यस अवसरमा नेपाली कांग्रेस पर्साका उपसभापति अशोक गुप्ताका साथै कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरुको पनि सहभागिता रहेको थियो ।

२०७९ कार्तिक १९, शनिबार ०२:४२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय