मोहम्मद अफताब हासमी ,रौतहट ।
मधेश प्रदेश अन्तर्गतको प्रदेशिक अस्पताल गौरमा डाक्टरहरूको लापरवाहीका कारण भिडियो एक्सरे गराउन आउने बिरामीहरू समस्यामा परेका छन्।
शुभकामना

एक्सरे विभागमा कार्यरत सम्बन्धित डाक्टर नियमित रूपमा समयमा उपस्थित नहुनु र छोटो समयमा मात्रै सेवा दिनुले गर्दा दिनहुँजसो बिरामीहरूलाई मारमा पर्नु परेको छ।
स्थानीय स्रोतका अनुसार, भिडियो एक्सरे गर्ने डाक्टर दिनको ३ बजे मात्र आउँछन् र ४:३० बज्नासाथ अस्पतालबाट बाहिरिन्छन्, जसका कारण दर्जनौं बिरामीहरू सेवा नपाई घर फर्किन बाध्य हुन्छन्।
बिरामीहरू तथा उनीहरूका आफन्तहरूले गुनासो गर्दै भनेका छन्, “हामी बिहानैदेखि पालोमा बसि रहन्छौं, तर डाक्टर ढिला आउँछन् र सिधै केही समयमै हिँडेर जान्छन्। यस्तो लापरवाहीले हामीजस्ता गरिब बिरामीहरूलाई ठुलो समस्या पर्न गएको छ।”
स्थानीय नागरिक समाज तथा बिरामीका आफन्तहरूले सम्बन्धित निकायसँग छानबिन गर्दै कारवाहीको माग गरेका छन्। साथै, सेवा प्रवाह नियमित र प्रभावकारी बनाउन अस्पताल प्रशासनले तुरुन्त ध्यान दिनुपर्ने उनीहरूको माग छ।














