जलेश्वर, महोत्तरी । मधेश प्रदेश सरकार अन्तर्गत वन तथा वातावरण मन्त्रालयको प्रदेश वन निर्देशनालय, डिभिजन वन कार्यालय महोत्तरीद्वारा वन संरक्षणसम्बन्धी पत्रकार, नागरिक समाज र मिडियाकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रम २०८२ असार १८ गते, जलेश्वरस्थित ममाज होटलमा बिहान ८ बजे सम्पन्न भएको थियो। कार्यक्रममा वन संरक्षणका विभिन्न पक्षहरूबारे जानकारी दिइएको थियो।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

डिभिजन वन कार्यालय महोत्तरीका अनुसार पछिल्लो समय वन अपराध नियन्त्रण, गाजा खेती नष्ट गर्ने, साझेदारी तथा सामुदायिक वनको व्यवस्थापन, काठ दाउरा वितरण तथा पुराना काठहरूको व्यवस्थापन, र वन मुद्दा दायर गर्ने कार्यहरू प्रभावकारी रूपमा अगाडि बढाइएका छन्।
कार्यक्रममा सामुदायिक सहभागिता, पारदर्शिता र स्थानीय सरोकारवालासँग समन्वय गर्दै वनको दीगो संरक्षणमा जोड दिइएको थियो।
वन कार्यालयका अनुसार चालु आर्थिक वर्षमा ८ वटा वन मुद्दा दायर गरिएका छन् भने काठ ४७८.०६ घनफुट, ट्रयाक्टर, मोटरसाइकल, गोरु, वन्चरोलगायत सामग्री वरामद गरिएको छ।
बेरुजु तथा फछ्र्यौट विवरणमा अघिल्ला वर्षहरूमा करिब ५ करोड ४३ लाख रुपैयाँ बराबरको रकममा अनियमितता देखिएको पनि जानकारी गराइएको छ।
डिभिजन वन कार्यालय महोत्तरीका अधिकारीहरू, पत्रकार, मिडियाकर्मी, नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रममा वन संरक्षणमा साझा जिम्मेवारी र भूमिकाबारे गहन छलफल गरिएको थियो।















