शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

धर्मेन्द्र कुमार कुर्मी। कपिलवस्तुकाे कृष्णानगर नगर पालिका वाड-१२ मा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘नागरिक उत्तरदायित्व तथा गुणस्तरीय सेवा प्रवाहका लागि सार्वजनिक सुनुवाई’ कार्यक्रम समापन भएको छ । ईलाका प्रहरी कार्यालय कृष्णानगर र प्रहरी चौकी कार्यालय बेदार्मी आयोजनामा नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था तथा विद्यालयसँग शुक्रबार सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो ।

कार्यक्रममा उपस्थित केही व्यक्तिहरुले सार्वजनिक सवारीमा ज्येष्ठ नागरिकलाई छुटको सट्टा अभद्र व्यवहार हुने गरेको, खाल्डाखुल्डी सडकले सास्ती खेप्नु परेको गुनासो गरेका थिए । त्यस्तै भीआईपीलाई बढी सुरक्षा र सर्वसाधारण असुरक्षित भएको गुनासो गरेका थिए भने प्रहरीलाई आवश्यक सवारी नभएको पनि गुनासो आएको थियो

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

उनले पहुँचका भरका अपराधी सुरक्षित हुने दिन सकिएको भन्दै अन्यायमा परेकाले न्याय पाउनेमा ढुक्क हुन आग्रह गरे ।

कृष्णानगरका ईलाका प्रहरी प्रमुख इश्वर लौडारीले सार्वजनिक सुनुवाई कार्यक्रम सफल भएको बताउँदै उपस्थित भएर गुनासो राखिदिएकोमा धन्यवाद व्यक्त गरे । गुनासोको सम्बोधन गर्दै ईलाका प्रहरी कार्यालय कृष्णानगरका प्रमुख इश्वर लौडारी माथिल्लो निकायले दिएको गैरकानुनी आदेश पालना गर्न प्रहरी बाध्य नहुने र सुरक्षाका दृष्टिकोणले सबै समान रहेको बताए । उनले प्रहरीसँग आन्तरिक स्रोत साधनको कमी रहेको स्वीकार गरे ।

२०८२ असार २०, शुक्रबार १६:३१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय