शिव मारुती ज्वेलर्स

धनुषा , असार २५ गते । धनुषाको लक्ष्मीनिया गाउँपालिका–७ स्थित चाईनिज ईट्टाभट्टाको खाली घरबाट असार २५ गते करिब १३ लाख २० हजार रुपैयाँ बराबरको काजु बरामद भएको छ ।

भारतबाट अवैध रुपले ल्याई सोही स्थानको खाली घरमा लुकाई छिपाई राखेको १ हजार ३ सय २० के.जी. काजु विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बलले बरामद गरेको हो । सशस्त्र प्रहरी बलको नेपाल नं. ८ गण धुनषाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक दिनेश शर्माको कमाण्डमा खटिएको सुरक्षा फौज तथा जनकपुर भन्सार कार्यालयको संयुक्त टोलीले बरामद गरेको जनाएको छ ।

शुभकामना

उक्त स्थानमा काजु कहिले र कसले ल्याई राखेको भन्ने खुलेको छैन । बरामद काजु आवश्यक कारवाहीको लागि जनकपुर भन्सार कार्यालय धनुषामा बुझाईएको छ ।श्रोत https://www.facebook.com/share/19J9Aaeq2N/

२०८२ असार २५, बुधबार १०:४७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय