नागेन्द्र सत्या,कान्तिबजार। गौशाला नगरपालिका पहिलो नाकको रुपमा चिनिने श्री रा.मा.वि.कान्तिबजारमा के भयो छ ।
विद्यालयमा बाहिरी कुनै पनि कार्यक्रम नगर्ने भनिएको भएता पनि समयसमयमा विभिन्न कार्यक्रम गर्दै आएको सबैलाई अवगत भएको छ । तर आज बिद्यालयमा हामीले शिक्षक, विद्यार्थी र विद्यालयका समस्या बुझ्न दिनु यो समस्यालाई लिएर स्थानीय युवाहरु अगाडी जान्छौं यसको लागि ब्यबहारिक रुपमा सहजीकरण गरिदिन अनुरोध गर्दा पनि युवाहरूलाई त्यो वातावरण मिलाइ दिनुको सट्टामा कानुनी प्रक्रिया अपनाएर आउनु होस्, विद्यालयको प्रधानअध्यापक देवी प्रसाद घिमिरेले भनेका छन् ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

कानुनी प्रक्रिया अपनाएर आउनु त उहाँको एकदम जायज हो। तर विगतमा विद्यालयमा भएका कार्यक्रमहरु गर्न कुन चै भ्रष्टाचार शिक्षकहरुले अनुमती दियो ?
विद्यालयको तीन वटा तल्चा फुटाइएको छ। प्रोजेक्टर चोरी गरिएको छ। यसै हाताभित्र रहेका कान्तिबजार राष्ट्रिय क्याम्पसको अफिसको ताला समेत फुटाइएको पाइएको छ। यसको जिम्मेवार को? हामीले विद्यालयको पक्षमा काम गर्न खोज्दा गर्न नदिने तर विद्यालयलाई असर गर्ने गरि काम गर्नेहरुलाई अनुमति कस्ले दियो ? हामीलाई कानुनी प्रक्रिया अपनाउन कुनै अप्ठ्यारो छैन। तर हामीले अगाडी नै भनि सकेका छौँ कि काम गर्न पदमा पुग्नु पर्दैन।
आज विद्यालयमा विद्यार्थी लगायत कयौं शिक्षकहरु समेत अनुशासनविहीन देखिनुको साथै कयौं पक्षहरु अव्यवस्थित देखियो।
के स्थानीय युवा भएका विद्यालयको समस्या बुझ्ने अधिकार हाम्रो छैन? छैनन् भने इलाका प्रहरी कार्यालय गौशाला र गौशाला नगरपालिका किन चुपचाप हातमा हात राखिएर बसिएको छ । चोरी गर्नेलाई किन कार्वाही गर्न सकेको छैनन् ।















