वीरगंज,असार ३० गते । तराई मधेशमा अत्याधिक गर्मी बढेपछि विन्दवासिनी गाउँपालिका वडा नं ३ निवासी समाजसेवी तथा युवा नेता दयानन्द कुमार कानुले वडा कार्यालय झैवागुठ्ठी लाई पंखा सहयोग गरेका छन् ।
आफ्नो व्यक्तिगत खर्च बाट कानुले गर्मीलाई मध्यनजर गर्दै वडा कार्यालय लाई २ थान पंखा सहयोग गरेका हुन् । अत्याधिक गर्मी बढेपछि कर्मचारी तथा सेवाग्राहीलाई चिसोपन बढाउनका लागि पंखा वितरण गरिएको कानुले बताए ।
शुभकामना

पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका स्थित वडा नं ३ स्थित वडा कार्यालयमा पंखा सहयोग गर्दै कानुले भने आगामी दिनमा पनि म वडा कार्यालय र गरिब जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री समेत सहयोग गर्ने वाचा गरेका थिए।














