फोक्स नेपाल , कार्तिक १९ गते । जनता समाजवादी पार्टी नेपालले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।
जसपाले राष्ट्रपति र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने योजनासहितको घोषणापत्र सार्वजनिक गरेको हो ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

शनिबार केन्द्रीय अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरुले सार्वजनिक गरेको घोषणापत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने शासकीय स्वरुपको कल्पना गरिएको छ।
‘प्रत्यक्ष तथा सहभागीतामूलक समावेशी लोकतन्त्रको मान्यताअनुरुप संघमा बालिग मताधिकारमा आधारित जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति हुने व्यवस्था गर्ने । प्रदेशहरुमा मुख्यमन्त्री तथा विशेष संरचना तथा स्थानीय तहहरुमा त्यहाँको कार्यकारी प्रमुख पनि बालिग मताधिकारको आधारमा प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने,’ घोषणापत्रमा भनिएको छ ।
संघीय संसद र प्रदेशसभाहरु पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट चयन गर्ने, कुनै पनि व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी प्रमुख हुन नपाउने व्यवस्था गर्ने पनि जसपाले घोषणा गरेको छ।
कार्यकारी राष्ट्रपतिले समावेशी रुपमा सक्षम व्यक्तिहरुको छनोट गरी मन्त्रिपरिषद् बनाउने, मन्त्रीहरु राजनीतिज्ञ र विशेषज्ञहरुमध्येबाट राष्ट्रपतिले नियुक्त गर्ने पनि जसपाको घोषणापत्रमा छ ।















